एमाले कोशी प्रदेश सम्पर्क कमिटीको अध्यक्षमा नवराज घिमिरे निर्वाचित, ६९ सदस्यीय कमिटी बन्यो

एमाले कोशी प्रदेश सम्पर्क कमिटीको अध्यक्षमा नवराज घिमिरे निर्वाचित, ६९ सदस्यीय कमिटी बन्यो

विराटनगर । नेकपा एमाले कोशी प्रदेश सम्पर्क कमिटीको दोस्रो अधिवेशन ६९ सदस्यीय कमिटी गठन गर्दै सम्पन्न भएको छ। अधिवेशनले प्रदेश सम्पर्क कमिटीका पदाधिकारी र सदस्यहरु निर्वाचित गरेको छ ।

अधिवेशनबाट मोरङका नवराज घिमिरे अध्यक्षमा निर्वाचित हुनु भएको छ । यस्तै उपाध्यक्षमा संखुवासभाका विमल काफ्ले, सचिवमा झापाका रामकुमार काफ्ले (सुरज ) र उपसचिवमा ओखलढुंगाका राजेन्द्र गुरुङ र पाँचथरका शान्तिराम नेउपाने निर्वाचित भएका छन् ।

त्यसैगरी लेखा कमिटीको अध्यक्षमा हर्कबहादुर दाहाल, उपाध्यक्षमा प्रकाश अधिकारी, सचिवमा रमेश घिमिरे र सदस्यहरुमा छत्रबहादुर बस्नेत र लाक्पा शेर्पा निर्वाचित भएका छन् ।

मंसिर २३ गते सल्लाहकार परिषदका अध्यक्ष अमृत बोहराले उदघाटन गर्नु भएको अधिवेशनबाट भूगोलका सदस्यहरु सर्वसम्मत र थप पदाधिकारीहरु केही समावेशी पदहरुमा निर्वाचनका माध्यमबाट चयन भएका एमाले मोरङ-काठमाडौं सम्पर्क मंचका अध्यक्ष एवं कोशी प्रदेश सम्पर्क कमिटीका नवनिर्वाचित सदस्य सुभाष सिग्देलले जानकारी दिनु भयो ।

अध्यक्ष मण्डल, निर्वाचन कमिटी, सम्पर्क समन्वयका इन्चार्ज, प्रदेशका इन्चार्ज, समन्वयका पदाधिकारीहरु, निवर्तमान अध्यक्ष कपिलदेव ओली र सम्पूर्ण प्रतिनिधि, स्वयंसेवक लगायत सबैलाई अधिवेशनमा सहयोग गरेकामा नवनिर्वाचित अध्यक्ष नवराज घिमिरेले धन्यवाद ज्ञापन गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.