एमाले मध्यपहाडी अभियानः अछामबाट १५४ किलोमिटरको यात्रा गरी दैलेख पुग्दै

एमाले मध्यपहाडी अभियानः अछामबाट १५४ किलोमिटरको यात्रा गरी दैलेख पुग्दै

काठमाडाैँ । नेकपा एमालेको १४ मंसिरमा सुरु भएको मध्यपहाडी लोकमार्ग अभियानको आज चौथो दिन अभियान दैलेख पुग्दै छ ।

आज अछामको मंगलसेनबाट १५४ किलोमिटर लामो यात्रा हुने एमालेले जनाएको छ । आज दैलेखको राकम कर्णालीमा सभा हुँदैछ । यात्रा शनिबार अछामको मंगलसेन पुगेको थियो ।

आज मंगलसेनमा खाना खाएर यात्रा सुरु हुनेछ । त्यसपछि विभिन्न स्थानमा भेटघाटहरू हुनेछन् । आज अछामको गैरीटाँडमा भेट घाट हुनेछ । त्यसपछि दैलेखको राकम कर्णालीमा खाना हुनेछ भने त्यहाँ सभा पनि हुनेछ ।

त्यसपछि यात्रा बेलुकाको बासका लागि दैलेख सदरमुकाम दैलेख बजार आउनेछ । सो क्रममा जम्बुकाँध, चगत्रा र श्रीस्थानमा एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरूले स्थानीयसँग भेटघाट गर्नेछन् । श्रीस्थानमा पेट्रोलियम पदाद्र्ध उत्खननको काम भइरहेको छ । अध्यक्ष ओलीले त्यसको पनि अवलोकन गर्नेछन् ।

राकम कर्णालीमा सभाका लागि एमाले दैलेखले सम्पूर्ण तयारी पूरा भइसकेको जनाएको छ ।

यात्राका क्रममा अयोजित सभाहरूलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओली वर्तमान प्रचण्ड नेतृत्वको सरकारमाथि आक्रामक बनेका छन् भने सत्तासाझेदार दल कांग्रेस माओवादी केन्द्रको पिछलग्गु भएको टिप्पणी गरेका छन् ।

ओलीले यात्राका क्रममा बाटोमा पर्ने सबै मन्दिरहरूमा पूजा पनि गर्ने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.