अछामबाटओलीले भने- गठबन्धनले एमालेले थालेका जनपक्षीय काम रोक्यो

अछामबाटओलीले भने- गठबन्धनले एमालेले थालेका जनपक्षीय काम रोक्यो

अछाम । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले पार्टी बाहेक अन्य पार्टी बाट मुलुकमा विकास र समृद्धि सम्भव नभएको बताएका छन् ।मध्य पहाडी लोकमार्ग पदयात्राको क्रम अछाम सदरमुकाम मंगलसेनमा आयोजित जन सभामा ओलीले अन्य पार्टीले वितण्डा मात्रै मच्चाएको तर विकास नगरेको बताएका हुन् ।

‘अब देख्नु भएन सबै पार्टीको हबिगत’ ओलीले भने, ‘वितण्डा मच्चाउन सजिलो होला विकास गर्न गाह्रो छ ।’ओलीले आगामी निर्वाचनमा एक्लै बहुमत ल्याउने गरी खटिन नेता कार्यकर्तालाई निर्देशन दिएका थिए । ‘ढिलोमा ०८४ को निर्वाचमा एमाले एक्लैले बहुमत नल्याए देश बरबाद हुन्छ । एमालेको बहुमत ल्याउने गरी लाग्नुहोस्’ ओलीले भने, ‘नेकपा एमाले बाहेक अरू कसैले देशको विकास गर्न सक्दैन ।’

पहिले १ वर्षमा १० किलोमिटर सडक कालोपत्रे भइरहेको भन्दै ओलीले आफ्नो कार्यकालमा दैनिक ६ किलोमिटर सडक कालोपत्रे भएको दाबी गरे ।‘हरेक तहमा ५१ प्रतिशत भन्दा बढी एमालेको एक्लै हुनुपर्छ एमालेले बहुमत ल्यायो भने राष्ट्रियता जोगिन्छ’ ओलीले भने, ‘विकास ठप्प भएको छ । नेकपा एमालेले जुन विकास सुरु गरेको थियो आज समाप्त भएको छ ।’

पछिल्लो समय देशमा अराजकता मच्चिरहेको उनले बताए बताए ।नभएको राजतन्त्रको नाममा त्यस्ता तत्त्वहरू पनि टाउको उठाउन खोजेको ओलीको आरोप थियो ।अछाममा उभिएर ओलीले सुदूरपश्चिम प्रदेशको महत्त्व निकै ठुलो भएको बताएका थिए । पहिलो सहिद बाकाबिर , किसान आन्दोलनमा रहेर सहिद भएका भीमदत्त पन्त लगायत थुप्रैको प्रसंशा गरेका थिए ।

ओलीले मध्य पहाडी लोकमार्ग पदयात्रा विकास र समृद्धिको लागी प्रारम्भ गरिएको बताए । आफ्नो पालामा चुच्चे नक्सा जारी गरेका भन्दै ओलीले अहिलेको सरकारले कुरा गर्न पनि नसकेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.