कोशीको बजेट प्रतिस्थापन विधेयकमा एमाले-राप्रपाद्वारा खर्च कटौतीको प्रस्ताव दर्ता

कोशीको बजेट प्रतिस्थापन विधेयकमा एमाले-राप्रपाद्वारा खर्च कटौतीको प्रस्ताव दर्ता

विराटनगर । केदार कार्की नेतृत्वको सरकारले ल्याएको अध्यादेश बजेटलाई प्रतिस्थापन गर्न प्रस्तुत विनियोजन विधेयकमाथि खर्च कटौतीको प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता भएको छ ।

एमाले र राप्रपाका प्रदेशसभा सदस्यहरूले कोशी प्रदेश सरकारले ल्याएको बजेट प्रतिस्थापन विधेयकमा व्यवस्था गरेको खर्च कटौतीको प्रस्ताव संसद सचिवालयमा दर्ता गरेका हुन् । उनीहरूले विभिन्न शीर्षकमा खर्च कटौती गर्नुपर्ने भन्दै यस्तो प्रस्ताव दर्ता गरेका हुन् ।

बजेटमाथिको छलफल सकिएपछि खर्च कटौतीको प्रस्ताव दर्ता गर्नका लागि आज विहान ११ बजेसम्मका लागि समय दिएको थियो । आजको बैठकबाट बजेट पारित गर्ने सरकारको तयारी गरेको बेला एमालेका ६ र राप्रपाका २ प्रदेशसभा सदस्यहरूले खर्च कटौतीको प्रस्ताव दर्ता गराएका हुन् ।

एमाले प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारी प्रदेशसभा सदस्यहरू विदुरकुमार लिङ्थेप, किशोरचन्द्र दुलाल, तिलचन पाठक, कमला दर्नाल र निरन राईले खर्च कटौतीको प्रस्ताव दर्ता गरेका हुन् ।

यस्तै राप्रपाका भक्तिप्रसाद सिटौला र गोपाल विश्वकर्माले पनि प्रस्ताव दर्ता गराएको संसद सचिवालयले जनाएको छ । मुख्यमन्त्री केदार कार्कीले अर्थमन्त्रीको हैसियतमा तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ल्याएको बजेट अध्यादेशमा ५० करोड थपेर प्रतिस्थापन विधेयक ल्याएका छन् ।

बजेटको विनियोजन शीर्षकमाथि चित्त नबुझाएर सांकेतिक विरोधस्वरूप खर्च कटौतीको प्रस्ताव गर्ने अभ्यास छ । प्रस्ताव पारित भए सरकारको बजेट र कार्यक्रम फेल भएको मान्ने चलन छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.