मध्यरातमा बालेनको कविता- यो देशलाई मान्छे चाहिएको छ

मध्यरातमा बालेनको कविता- यो देशलाई मान्छे चाहिएको छ

काठमाडौं । महानगरपालिकाका मेयर बालेन साहले धर्तीलाई माया गर्ने मान्छेको खाँचो रहेको बताएका छन् । पछिल्ला राजनीतिक तथा समसामयिक गतिविधितर्फ लक्षित गर्दै बालेनले यहाँ सबलाई नेता बन्न मन लागेको टिप्पणी गरेका छन् ।
मेयर साहले बिहीबार भएको दुई समूहबीचको शक्ति प्रदर्शनलाई लिएर मध्यरातमा सामाजिक सञ्जाल फेसबुकमा कविता लेख्दै यस्तो टिप्पणी गरेका हुन् ।

यो देशमा सबैलाई राजा, राष्ट्रपति,प्रधानमन्त्री, नेता बन्न मन लागेको तर मान्छे बन्न कसैलाई मन नलागेको भन्दै उनले पहिले धर्तिलाई माया गर्ने मान्छे बन्न आग्रह गरे । धर्तिलाई माया गर्ने मान्छे बने अरु जनताले बनाइ दिने बताए ।

शुक्रबार दुर्गा प्रसाईं र एमालेको युवासंघको छुटाछुटै प्रदर्शनको कार्यक्रम गरिएको थियो । दुर्गा प्रसाईंले राजा ल्याउने भन्दै आन्दोलन गरेपछि मेयर साहले कवितामार्फत यस्तो टिप्पणी गरेका हुन् ।

यस्तो छ उनको कविता:
यो देशमा सबैलाई ,
राजा बन्न मनलाग्यो,
राष्ट्रपती बन्न मनलाग्यो,
प्रधानमन्त्री बन्न मनलाग्यो,
नेता बन्न मनलाग्यो ,
देशलाई मान्छे चाहिएको छ,
मान्छे बन्न कसैलाई मन लागेन, जस्ले धर्तीलाई माया गरोस ,
मान्छे बनौँ पहिला ,
अरु त, जनताले बनाई हाल्छननी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.