शरणार्थी प्रकरण अभियुक्तहरूको मुद्दामा आज पनि सुनुवाइ हुने

शरणार्थी प्रकरण अभियुक्तहरूको मुद्दामा आज पनि सुनुवाइ हुने

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेको पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहितका अभियुक्तहरूले उच्च अदालत पाटनमा दायर गरेको निवेदनमा आज पनि निरन्तर सुनुवाइ हुने भएको छ ।

हिजो न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको इजलासले हेर्दाहेर्दैमा राखेको निवेदनमा आज पनि सुनुवाइ हुने भएको हो ।
शरणार्थी प्रकरणमा थुनामा पठाउने जिल्ला अदालत काठमाडौँको आदेशविरुद्ध अभियुक्तहरूले उच्च अदालतमा पुनरावेदन निवेदन दिएका थिए ।

उनीहरूले उक्त आदेश अन्यायपूर्ण भएकाले आफूहरूलाई सामान्य तारिखमा रिहा गर्नुपर्ने माग गरेका छन् । यो मुद्दामा पक्राउ परेका १९ जनामध्ये केशव तुलाधर, टंक गुरुङ र लक्ष्मी महर्जन भने धरौटीमा छुटेका थिए ।

अभियुक्तविरुद्ध राज्यविरुद्धको अपराध, लिखत किर्ते, सङ्गठित अपराध तथा ठगी कसुर अन्तर्गतको मुद्दा लगाइएको छ ।

नेपाली नागरिकहरूलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगी गरेको आरोपमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले ठगी, सङ्गठित अपराध, किर्ते र राज्यविरुद्धको अपराध कसुरमा कैद‚ बिगो र जरिवाना मागदाबीसहित अदालतमा मुद्दा दायर गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.