शोकमा जाजरकोट–रुकुम पश्चिमका भूकम्पपीडितहरू, तिहारमा सुनसान

शोकमा जाजरकोट–रुकुम पश्चिमका भूकम्पपीडितहरू, तिहारमा सुनसान

काठमाडौँ । कात्तिक १७ गते राति गएको शक्तिशाली भूकम्पपछि जाजरकोट र रुकुम९पश्चिम०का बजार र ग्रामीण क्षेत्र सुनसान बनेका छन्। तिहारको मुखमा भूकम्पबाट १५३ जनाको मृत्युसँगै भौतिक संरचना ठुलो मात्रामा ध्वस्त भएपछि प्रभावित क्षेत्र सुनसान बनेको हो ।

गाउँ नै शोकमा डुबेकाले योपटक बजार र ग्रामीण क्षेत्रमा सुनसान देखिएको भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले रातोपाटीलाई बताए । ‘बजार सुनसान छन् । यसअघि तिहारमा बत्तीले झिलीमिली हुन्थे । शोकको घडीमा योपटक तिहार मनाउने मुडमा कोही देखिँदैनन् । स्थिति अति नै कारूणिक छ,’ उनले भने, ‘चिसो अत्यधिक बढेसँगै जनतालाई कसरी बचाउने भन्ने चिन्ता थपिएको छ ।’

भूकम्पपीडितहरूलाई एकसरो त्रिपाल, कम्बल र केही राहत सामग्री दिए पनि चिसोबाट बचाउन स्थायी संरचना बनाउन समस्या देखिएको घर्तीले गुनासो पोखे । अस्थायी संरचना निर्माणका साथै पुनर्निर्माणका लागि सरकार र विभिन्न राजनीतिक दलसँग सहयोगका लागि अपिल गरेको उनले बताए । चिसोका कारण सुत्केरी, वृद्धवृद्धा बिरामी हुन थालेकोमा उनले चिन्ता व्यक्त गरे ।

भेरी नगरपालिकाको १ र २ वडाका शतप्रतिशत घरहरू पूर्ण क्षति भएको भन्दै घर्तीले नगरभर ९० प्रतिशतको हाराहारीमा भौतिक संरचना पूर्ण क्षति भएको जानकारी दिए । भूकम्पमा परी सो पालिकामा ४२ जनाले ज्यान गुमाएका थिए ।

भूकम्प पुनर्निर्माणमा सहयोग गर्न एमाले निकट जिफन्टका अध्यक्ष विनोद श्रेष्ठको नेतृत्वमा स्वयंसेवक टोली आउन लागेको उनले बताए । त्यस्तै माओवादी केन्द्र, नेपाली कांग्रेसका नेताहरूलाई पनि सहयोग गर्न आग्रह गरिएको उनको भनाइ छ ।

भूकम्पले सबैभन्दा बढी जनधनको क्षति भएको नलगाड नगरपालिकामा पनि अवस्था निकै दयनीय भएको प्रमुख डम्बरबहादुर राउतले दुखेसो पोखे । गाउँनै शोकमा डुबेकाले तिहारमा कुनै रमझम नदेखिएको उनले बताए ।

भूकम्पपीडितलाई अहिलेसम्म एकसरो कम्बल र त्रिपाल दिएको तर ती अपर्याप्त भएको राउतको गुनासो छ । जाडोबाट नागरिकलाई बचाउनका लागि तत्काल अस्थायी टहरा बनाउन बिहीबार सर्वदलीय बैठक बोलाएको उनले जानकारी दिए ।

‘त्रिपालमुनि भूकम्पपीडित रात काट्न बाध्य छन् । चिसोले वृद्धवृद्धा, सुत्केरीहरू बिरामी पर्न थालेका छन् । करिब ९० प्रतिशत घर पूर्ण क्षति भएका छन् । नभत्किएको घर पनि परकम्पका कारण बस्न सकिएको छैन । अवस्था निकै दयनीय छ’, प्रमुख राउतले भने ।

भूकम्पमा परी उक्त नगरपालिकामा ५१ जनाले ज्यान गुमाएका थिए । सधैँ व्यस्त रहने बजार क्षेत्र भूकम्पले सुनसान भएको उनी बताउँछन् । ‘गाउँसहर चकमन्न छ । फाट्टफुट्ट खुलेका बजारका पसलमा किनमेल गर्न कोही गएका छैनन्’, राउतले भने, ‘ज्यान गुमाउने परिवारमा त शोकले यसै तिहार भएन, मृत्यु नभएका परिवारमा पनि कुनै उत्साह देखिँदैन ।’

यसअघि नगरपालिकाको १० नम्बर वडा रम्दास्थित भेरी करिडोर मार्गमा पर्ने बस्ती भूकम्पले गर्दा सुनसान भएको राउतले बताए । विगतमा यहाँ देउसीभैलो खेल्नेको निकै घुइँचो लाग्ने गरेको उनले जानकारी दिए ।

चिसो मौसम आउन लागेकाले तत्काल पीडितहरूलाई न्यानो कपडा, अस्थायी संरचना बनाउन सहयोग गर्न सरकार, राजनीतिक दलहरूसँग प्रमुख राउतले आग्रह गरेका छन् । यस्तै ७ जनाको मृत्यु भएको तथा १८ सय घर पूर्ण क्षति भएको जाजरकोटकै कुशे गाउँपालिकामा पनि अवस्था दयनीय भएको त्यहाँका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए । हिमाली क्षेत्र भएकाले पीडितहरूलाई न्यानो कपडाको अभाव भएको उनले बताए ।

‘एकसरो त्रिपाल र कम्बल प्राप्त भएको छ । तर सिङ्गल त्रिपाल भएकाले परिवार बस्न मुस्किल छ । हिमाली क्षेत्र भएकाले चिसो अत्यधिक बढेको छ । तत्काल न्यानो अस्थायी टहरा नबनाए समस्या विकराल बन्ने स्थिति छ’, त्यहाँको अवस्थाबारे उनले जानकारी दिए ।

भूकम्पपछि अवस्था त्रासदीपूर्ण भएकाले तिहारमा कुनै रमझम नभएको र गाउँघर सुनसान रहेको बस्नेत बताउँछन् । केही ठाउँमा बालबालिकाहरूलाई भुलाउनका लागि मात्र तिहार मानेजस्तो गरेका उनले बताए । २०७२ को भूकम्पबाट सरकारले पाठ नसिक्दा ठुलो क्षति भएको अध्यक्ष बस्नेतको गुनासो छ ।

जाजरकोटपछि भूकम्पले बढी क्षति भएको रुकुम९पश्चिम०मा पनि अवस्था सुनसान रहेको त्यहाँका जनप्रतिनिधिले बताए । एकसरो त्रिपाल, कम्बल तथा लत्ता कपडा पीडितहरूलाई वितरण गरे पनि अपर्याप्त रहेको सानीभेरी गाउँपालिका अध्यक्ष बिर्खबहादुर बिष्टले बताए ।

‘पीडितहरूलाई दुःखमा पनि कसरी हसाउँने वा खुसी राख्ने भन्ने चिन्ता छ । अस्थायी पुनर्निर्माणका लागि बिहीबार बैठक राख्छौँ र तत्काल संरचना निर्माणमा लाग्छौँ’, अध्यक्ष बिष्टले भने । भूकम्पपीडितको अवस्था बुझ्न प्रधानमन्त्री प्रचण्ड, पूर्वअर्थमन्त्री एवं रुकुम९पश्चिम०का जनप्रतिनिधि जनार्दन शर्मा आफैँ आएको भन्दै उनले पुनर्निर्माणमा सहयोगका लागि आग्रह गरेका छन् ।

यसैगरी ४४ जनाको ज्यान गएको आठबिसकोट नगरपालिका पनि भूकम्पका कारण सुनसान रहेको उपप्रमुख धनकुमारी शाहीले बताइन् । अहिलेसम्म नगरपालिकामा एकसरो त्रिपाल र कम्बल वितरण भएको उनले जानकारी दिइन् । शोकका कारण यस नगरपालिकामा तिहारको कुनै प्रभाव नपरेको उनले जानकारी दिएन् ।

विनाशकारी भूकम्पका कारण जाजरकोटमा १०१ जना र रुकुम९पश्चिम०मा ५२ जनाले जान गुमाएका थिए । तीबाहेक अन्य ६ जिल्लामा ठुलो मात्रामा भौतिक संरचना क्षति भएको छ । ३६० भन्दा बढी घाइते र अर्बौंको क्षति भएको गृह मन्त्रालयको तथ्याङ्कले देखाएको छ । राहत वितरणमा ढिलाइ हुँदा ठण्डी महिनामा चिसो त्रिपालभित्र पीडितहरूले रात काट्नुपर्ने अवस्था रहेको प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूको गुनासो छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.