कोशी प्रदेशसभाको बैठकमा विहीबार मुख्यमन्त्रीसँग प्रश्नोत्तर गरिने

कोशी प्रदेशसभाको बैठकमा विहीबार मुख्यमन्त्रीसँग प्रश्नोत्तर गरिने

२२ कात्तिक, विराटनगर । कोशी प्रदेशसभा बैठकमा पहिलो पटक मुख्यमन्त्रीसँग प्रश्नोत्तर गरिने भएको छ । प्रदेशसभाको पहिलो कार्यकालमा प्रश्नोत्तरको अभ्यास भएको थिएन ।

दोस्रो कार्यकालको पाँचौं मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभा सदस्यसँग प्रश्नोत्तकर कार्यक्रम राखेका हुन् । कार्की भन्दा अगाडि एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की र कांग्रेस संसदीय दलका नेता उद्धव थापा दुई–दुई पटक मुख्यमन्त्री बनेका थिए ।

प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीका अनुसार बिहीबारको बैठकमा मुख्यमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची छ । मुख्यमन्त्रीलाई प्रश्न गर्नका लागि प्रदेशसभा सचिवालयमा आठ जनाले प्रश्न टिपाएका छन् । ‘प्रदेशसभा बैठकमा प्रश्नउत्तरको पहिलो अभ्यास हुँदैछ’, उनले भने, ‘आठ जना माननीयले सचिवालयमा नाम टिपाउनुभएको छ ।’

प्रदेशसभा सचिवालयले प्रश्नह मुख्यमन्त्री केदार कार्कीलाई पठाइसकेको छ । मुख्यमन्त्रीले जवाफ दिने क्रममा प्रश्नकर्ताले पूरक प्रश्न पनि गर्न पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.