जामुनगाछी-केशलिया सडकको निर्माण कार्य सुरु, सागर थापाको सक्रियता

जामुनगाछी-केशलिया सडकको निर्माण कार्य सुरु, सागर थापाको सक्रियता

विराटनगर । लामो समयदेखि निर्माण हुन नसकेको हुलाकी सडक अन्तर्गत विराटनगरको जामुनगाछी केशलिया सडक खण्डको निर्माण कार्य सुरु भएको छ । नेकपा एमाले विराटनगर महानगर कमिटीका अध्यक्ष सागर थापाको सक्रियतामा सडक निर्माण कार्य सुरु भएको हो ।

थापाको पहलमा केही दिनअघि निर्माण कम्पनी देव एण्ड सायररभूमि ज्वाइन्ट भेन्चर र हुलाकी राजमार्ग निर्देशनालय बबरमहलका आयोजना निर्देशकबीच सडक निर्माण सुरु गर्ने सहमति भएको थियो ।

काठमाडौंमा भएको बैठकमा आयोजनाका निर्देशक अजयकुमार मुल, सिडिइ माधवप्रसाद अधिकारी, इटहरीस्थित योजना प्रमुख बलिराम मल्ल, निर्माण व्यवसायीका प्रतिनिधि वासुदेव उप्रेती र एमाले महानगर कमिटी अध्यक्ष थापा सहभागी थिए ।

लामो समयदेखि यो सडक नबन्दा यहाँका स्थानीयले तीनै तहका प्रतिनिधिको विरोध गर्दै नेतालाई गाउँ प्रवेशमा रोक लगाएका थिए । सडक निर्माण रोकिएका कारण स्थानीयसँगै सुनसरीको बर्जु लगायत हुलाकी सडकबाट यात्रा गर्ने हजारौंले लामो समय सास्ती व्यहोर्नु परिरहेको बेला एमाले महानगरका अध्यक्ष थापाको अग्रसरतामा सडक आयोजना र ठेकेदारबीच नयाँ समझदारी बनेको हो ।

निर्वाचित जनप्रतिनिधिहरुले जनताको सरोकार सम्बोधन गर्नुपर्नेमा उनीहरु गम्भीर नबनेपछि थापाले आफ्नो सक्रियता बढाएका थिए । ‘जनताको काम सबैले मिलेर गर्नुपर्छ, यसमा मैले केही भूमिका निर्वाह गर्ने अवसर पाएँ’ थापाले भने, ‘जनताले निर्वाचितहरुसँग अपेक्षा गर्नु स्वभाविक हुन्छ तर निर्वाचितहरु सरकार चलाउन व्यस्त हुँदा मैले जनताको काममा ध्यान लगाएको हुँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.