जाजरकोट भूकम्पः झन्डै ३८ सय घरमा क्षति, ९ सय ३७ वटा पूर्ण क्षति

जाजरकोट भूकम्पः झन्डै ३८ सय घरमा क्षति, ९ सय ३७ वटा पूर्ण क्षति

काठमाडौं । जाजरकोट भूकम्पमा विभिन्न जिल्लामा झन्डै ३८ सय वटा घरमा क्षति पुगेको छ । गृह मन्त्रालयअन्तर्गतको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाका अनुसार पूर्ण र आशिंक गरेर ३८ सय वटाभन्दा धेरै घरमा क्षति पुगेको हो ।

भूकम्पमा नौ सय ३७ वटा घर पूर्णरूपमा क्षति भएको छ भने दुई हजार नौ सय ५४ वटा घरमा आंशिक क्षति पुगेको तथ्याङ्क छ । सबैभन्दा धेरै जाजरकोटमा नौ सय पाँच वटा घर पूर्णरूपमा भत्किएका छन् ।

भूकम्पमा अहिलेसम्म ज्यान गुमाउनेको सङ्ख्या एक सय ५७ जना पुगेको छ । गृह मन्त्रालयको तथ्याङ्कअनुसार भूकम्पमा परि दुई सय ५६ जना घाइते भएका छन् ।

गएको शुक्रवार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर छ दशमलव चार रेक्टर स्केलको भूकम्प गएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.