निगमले बढायो ग्यासको भाउ, अब प्रति सिलिन्डर १३ सय ७५ रुपैयाँ

निगमले बढायो ग्यासको भाउ, अब प्रति सिलिन्डर १३ सय ७५ रुपैयाँ

काठमाडौँ : नेपाल आयल निगमले खाना पकाउने (एलपी) ग्यासको भाउ बढाएको छ। आज मध्यरातदेखि लागू हुने गरी ग्यास प्रति सिलिन्डर २५ रुपैयाँ भाउ बढाइएको निगमका प्रवक्ता सीताराम पोखरेलले बताए।

यसअघि एक सिलिन्डर ग्यासको भाउ १ हजार ३ सय ५० रुपैयाँ थियो। अब प्रति सिलिन्डर १ हजार ३ सय ७५ रुपैयाँ पर्नेछ।
ग्यासमा अझै प्रतिसिलिन्डर ३ सय १३ रुपैयाँ ५१ पैसा घाटा रहेको प्रवक्ता पोखरेलले बताए। निगमले पेट्रोल, डिजेल र हवाई इन्धनको भाउमा भने कुनै परिवर्तन गरेको छैन।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *