सेनामा माओवादी पूर्वलडाकुका लागि नियमको दुरुपयोग गर्ने चलखेल स्विकार्य छैन: शेखर कोइराला

सेनामा माओवादी पूर्वलडाकुका लागि नियमको दुरुपयोग गर्ने चलखेल स्विकार्य छैन: शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेपाली सेनामा माओवादी पूर्वलडाकुका लागि नियमको दुरुपयोग स्विकार्य नहुने बताएका छन् । आइतबार बिहान सामाजिक सञ्जाल फेसबूकमा स्टाटस लेख्दै गैरराजनीतिक र राष्ट्रिय सुरक्षासँग जोडिएको संस्थामा राजनीतिक चलखेलले दुर्घटना निम्त्याउने भन्दै उनले गम्भीर आपत्ति जनाएका हुन् ।

माओवादी पूर्वलडाकुका अधिकारीलाई प्रमुख जिम्मेवारी दिने विषयमा उनको यस्तो प्रतिक्रिया आएको हो । कोइरालाले सेनालाई राजनीतिबाट अलग राख्नुपर्ने धारणा राखेका छन् । उनले लेखेका छन्, नेपाली सेनाजस्तो राष्ट्रिय सुरक्षासँग जोडिएको र सधैं राजनीतिवाट अलग रहेको संस्थामा माओवादी पूर्वलडाकुका लागि नियमको दुरुपयोग गर्ने चलखेल स्वीकार्य छैन ।

त्यस्तै उनले सेनामा गरिने राजनीतिले दुर्घटना निम्त्याउने भन्दै, कसैले राजनीति गरे स्विकार्य नहुने चेतावनी दिएका छन् । उनी लेख्छन्, सेनामा गरिने राजनीतिक चलखेलले दुर्घटना निम्त्याउने हुँदा यस्तो कार्य नगरौं । सम्बन्धित निकायहरुलाई यो कुराको हेक्का होस ।

माओवादीका पूर्वलडाकु एवम् नेपाली सेनाका सहायक रथी यमबहादुर अधिकारी (प्रतीक्षा)को पदावधि सरकारले तीन वर्ष थपेकोमा नेता कोइरालाले विमत्ति जनाएका हुन् । यही असोज १ गतेदेखि अवकाशमा जान लागेका अधिकारीको सरकारले ती वर्ष पदावधि थप्ने निणर्य गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.