स्थानीय तहको नयाँ संरचना सार्वजनिक

स्थानीय तहको नयाँ संरचना सार्वजनिक

काठमाडौं। स्थानीय तहको संरचनाको विषयमा सर्वोच्च अदालतमा मुद्धा परेपनि सरकारले राजपत्रमा प्रकाशित गरेसँगै पुरानो संरचनाको गाविस र नगरपालिका खारेज भएका छन्। पुरानो संरचनाको ठाउँमा गाउँपालिका र नगरपालिकाको नयाँ संरचना शुक्रवारदेखि कार्यान्वयनमा आएको छ।
उपप्रधानमन्त्री तथा स्थानिय विकासमन्त्रीमा कमल थापा आए लगत्तै यो नयाँ संरचना सार्वजनिक भएको छ । तर निवर्तमान भएका स्थानिय मन्त्री हितराज पाण्डेको पालामा नै यो राजपत्रमा प्रकाशित गर्न पठाइएको थियो।
पुनर्संरचना आयोगले दिएको ७१९ स्थानीय तहमा २५ वटा थप गर्दै सरकारले ७४४ वटा स्थानीय तह बनाएको छ। ७४४ स्थानीय तहको विवरण राजपत्रमा प्रकाशित भएसँगै कार्यान्वयनमा गएको छ। उपप्रधानमन्त्री तथा स्थानिय विकासमन्त्री थापाले राजपत्रलाई सार्वजनिक गर्दै नयाँ तहलाई कार्वान्यवनका लागि अब स्थानिय तहको चुनावमा सरकार लाग्ने बताए।
पुरानोलाई विस्थापित गर्दै अब नयाँ सार्वजनिक भएको स्थानिय तहमा अभ्यस्त हुने अवस्था सिर्जना भएको छ।
Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *