कोशी प्रदेशमा सांसदहरूको हस्ताक्षर गरिँदै, नयाँ मुख्यमन्त्रीको आज टुंगो लाग्ला?

कोशी प्रदेशमा सांसदहरूको हस्ताक्षर गरिँदै, नयाँ मुख्यमन्त्रीको आज टुंगो लाग्ला?

काठमाडौँ– कोशी प्रदेशमा नयाँ मुख्यमन्त्रीको आज टुंगो लाग्दैछ । सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बो र नेकपा एमालेको समर्थनमा नेपाली कांग्रेसको विद्रोही पक्षधर केदार कार्की मध्ये को मुख्यमन्त्री बन्ने भन्ने छिनोफानो आज हुँदैछ ।

मुख्यमन्त्रीमा दुईजनाको दाबेदारी प्रस्तुत भएपछि प्रदेश प्रमुख परशुराम खापुङले आज दुवै पक्षका सांसदहरूको हस्ताक्षर गराउन लागेका छन् । बिहान ८ देखि दिउँसो २ बजे भित्र हस्ताक्षर गराई सकेपछि आज मुख्यमन्त्री नियुक्ति गर्ने प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।

माओवादीका आङ्बोले गठबन्धनमा रहेका दलहरू मध्ये नेपाली कांग्रेसका २९, माओवादीका १३, नेकपा एसका ३ र जसपाका १ सांसदको हस्ताक्षर बुझाएका छन् भने कांग्रेसका विद्रोही उम्मेदवार कार्कीले आफूसहित कांग्रेसका ९ तथा एमालेका ३९ सदस्यको हस्ताक्षरसहित कुल ४८ जनाको समर्थनसहित मुख्यमन्त्रीको दाबी गरेका छन् । आङ्बोले बुझाएको पत्रमा राखिएको आफ्नो समूहका सांसदहरूको हस्ताक्षर नक्कली भएको दाबी गर्दै कार्की समुहले प्रतिवाद गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.