इजरायलमा रहेका नेपालीको उद्धारका लागि सरकारसँग एमालेको माग

इजरायलमा रहेका नेपालीको उद्धारका लागि सरकारसँग एमालेको माग

काठमाडौं । नेकपा एमालेले इजरायलमा प्यालेस्टिनी विद्रोही समूह हमासले गरेको आक्रमणको घटनाप्रति निन्दा गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले एक विज्ञप्ति जारी गर्दै निर्दोष नागरिक, वृद्धवृद्धा र बालबालिकाको हत्या र अपहरण जस्ता अमानवीय कार्यले प्यालेस्टिनी जनताले उठाउँदै आएको समस्या समाधान गर्दैन बरु थप बढाउन मद्दत गर्छ भन्ने पार्टीको ठम्याइ भएको जनाएका छन् ।

ओलीले भनेका छन्, ‘मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै दशैंको मुखमा भएको यस पीडादायक घटनाबाट शोकमा पर्नुभएका परिवारजनमा गहिरो समवेदनाका व्यक्त गर्दछु । हामी सबै शोकमा छौँ । म सबैमा धैर्य धारण गर्न आग्रह गर्दछु ।’

घटनामा परी घाइते हुने हुनेहरूको तत्काल उपचार, अप्ठ्यारोमा परेकाहरूलाई उद्धार तथा ज्यान गुमाउनु हुनेहरूको शव स्वदेश ल्याई परिवारलाई बुझाउने सुनिश्चितताका लागि सरकारसमक्ष माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.