‘मुनामदन’ मा आधारित नाटक मञ्चनको समय थप चार दिन

‘मुनामदन’ मा आधारित नाटक मञ्चनको समय थप चार दिन

विराटनगर । महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित खण्डकाव्य ‘मुनामदन’ मा आधारित नाटक मञ्चनको समय चार दिन थपिएको छ । असोज ४ गतेबाट मञ्चन सुरु भएको नाटक असोज १६ सम्म मञ्चन गर्ने भनिए पनि दर्शकको आग्रहमा थप चार दिन थप गरिएको हो । अब नाटक असोज २० गतेसम्म मञ्चन हुनेछ ।

विराट आदर्श साहित्य मञ्चको आयोजनामा विराटनगर स्थित शुशिला कोइराला नाटकघर आरोहण गुरुकुलमा नाटक मञ्चन भइरहेको छ । मंगलबार मात्रै पाँच शो नाटक मञ्चन भएको मञ्चका अध्यक्ष कटवाल दीपकले जानकारी दिए ।

मुनामदनको नाट्य रुपान्तरण तथा निर्देशन युवासाहित्यकार कटवाल दीपकले गरेका हुन् । कलेज, विद्यालयहरू र दर्शकको मायाकै कारण नाटक मञ्चनको समय थप चार दिन थप गरिएको अध्यक्ष कटवाल दीपकले जानकारी दिए ।

नाटकमा लकेश दंगाल, मिलन चाम्लिङ राइ, रस्मी थापा, सुजता थापा, अतित निरौला, प्रदिप दाहाल, निर्जल पौडेल, दिवस ढकाल, एलिजा ठाकुर, आकृती थापा, सचिन लिम्बु, लिला लिम्बु र मलिना तामाङको अभिनय रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.