सुवास नेम्वाङको पार्थिव शरीर बुधवार दिउँसोदेखि घरमा, बिहीवार अन्त्येष्टि गरिने

सुवास नेम्वाङको पार्थिव शरीर बुधवार दिउँसोदेखि घरमा, बिहीवार अन्त्येष्टि गरिने

काठमाडौं । संविधानसभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टि पर्सि (बिहीवार) बिहान गरिने भएको छ । उहाँको अन्त्येष्टि पशुपति आर्यघाटमा पर्सि बिहान ११ बजे राजकीय सम्मानका साथ गरिने एमालेले जनाएको छ । मंगलवार बिहान ३ बजे निधन भएका नेम्वाङको पार्थिव शरीर एमालेको पार्टी मुख्यालय ललितपुरको च्यासलमा राखिएको छ ।

उहाँलाई मंगलवार एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत पार्टीका नेताहरु, प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनालले श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

त्यसैगरी पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराई, मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी र मन्त्रीहरू, सांसद, विभिन्न राजनीतिक दलका नेता, प्रधानसेनापति एवम् विभिन्न सुरक्षा निकायका प्रमुखहरू, काठमाडौंस्थित कूटनीतिक नियोगका प्रमुखहरू र सर्वसाधारणले उहाँप्रति पार्टी कार्यालयमा पुगेर श्रद्धाञ्जली अर्पण गर्नुभयो ।

बुधवार दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय, च्यासलमा राखिने उहाँको पार्थिव शरीरलाई बुधवार दिउँसोदेखि पर्सि बिहानसम्म पारिवारिक तथा धार्मिक संस्कारका लागि बालुवाटारस्थित निवासमा राखिने जनाइएको छ ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *