हिक्मतकुमार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त

हिक्मतकुमार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त

विराटनगर । नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । सर्वोच्च अदालतले उद्धव थापालाई पदमुक्त गर्दै सबभन्दा ठूलो दलको नेतालाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएसँगै कार्की पुनः सरकारको नेतृत्वमा फर्किएका हुन् ।

संविधानको धारा १६८ ९३० अनुसार मुख्यमन्त्री नियुक्त भएका कार्कीले शुक्रबार नै तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । कार्कीको दल एमालेबाट तिलकुमार मेन्याङ्वो ऊर्जा, पाँचकर्ण राई वन, एकराज कार्की भौतिक पूर्वाधार र सृजना राई सामाजिक विकास राज्यमन्त्री नियुक्त भएका छन् ।अल्पमतको सरकार बनाएका मुख्यमन्त्री कार्कीले ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ ।

२४ पुस २०७९ मा एमाले–माओवादी गठबन्धनबाट मुख्यमन्त्री बनेका कार्कीसँग प्रष्ट बहुमत थियो । माओवादी, राप्रपा र जनता समाजवादी दल सरकारमा थिए, त्यसैले सहजै विश्वासको मत पाए । तर राष्ट्रपति चुनावसँगै केन्द्रमा समीकरण फेरियो । माओवादीले एमाले छाडेर कांग्रेससँग नयाँ समीकरण बनाएपछि प्रदेश सरकारहरू पनि संकटमा परे । जसपा र माओवादीले समर्थन फिर्ता लिएपछि कार्कीले १५ असारमा प्रदेशसभामा विश्वासको मत मागे ।

उनले ४६ मत मात्र पाए । जबकि ९३ सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि ४७ चाहिन्थ्यो । विश्वासको मत नपाएपछि कार्की स्वतः पदमुक्त भए ।त्यसपछि कांग्रेस–माओवादी गठबन्धनबाट कांग्रेस संसदीय दलका नेता उद्धव थापा दुई पटक मुख्यमन्त्री भए । २१ असारमा सभामुखको हस्ताक्षर प्रयोग गरेर मुख्यमन्त्री भएका उनको नियुक्ति सर्वोच्चले ११ साउनमा बदर गर्‍यो ।

सभामुखबाट बाबुराम गौतमलाई राजीनामा गराएर १६ भदौमा मुख्यमन्त्री भएका थापाले ४ भदौमा विश्वासको मत लिएका थिए । तर प्रदेशसभा बैठकको अध्यक्षता गरेका इस्राइल मन्सुरीले गरेको मतदानलाई असंवैधानिक ठहर गर्दै सर्वोच्चले २१ भदौमा थापा मुख्यमन्त्रीबाट पदमुक्त भएको फैसला सुनायो ।

सर्वोच्चले ४८ घण्टाको समय तोकेर परमादेश नै दिएका कारण कार्की सहजै मुख्यमन्त्री भए । तर उनलाई पनि विश्वासको मत जुटाउन सहज छैन । किनकि ९३ सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि ४७ चाहिन्छ । कार्कीको दल एमालेसँग ४० मत छ ।

उसलाई ६ प्रदेश सांसद भएको राप्रपाले समर्थन गरेको छ । राप्रपाले समर्थन गरे पनि सहज छैन ।गठबन्धनमा कांग्रेसका २९, माओवादी केन्द्रका १३, एकीकृत समाजवादी पार्टीका ४ र जसपाका एक प्रदेश सांसद छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.