परराष्ट्र मन्त्री साउदले भने- किमाथांका नाका खुलाउने विषयमा चीन सरकार सकारात्मक छ

विराटनगर। किमाथांका नाका खुलाउने बिषयमा चीन सरकार सकारात्मक रहेको परराष्ट्र मन्त्री एनपी साउदले बताएका छन् ।बुधबार संखुवासभाको तुम्लिङटार विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै संखुवासभाको उत्तरी चीनसँगको सिमावर्ती किमाथांका नाका खुलाउने विषयमा चीन सरकारसँग पटक–पटक कुराकानी भइरहेको र चीन सरकार पनि नाका खुलाउने बिषयमा सकारात्मक रहेको परराष्ट्रमन्त्री साउदले बताएका हुन्।
उनले यहि २३ सेटेम्बर तारिख देखि सम्मानीय प्रधानमन्त्री ज्यूको चीन भ्रमण स्वीकृत भईसकेको छ। प्रधानमन्त्री ज्यूको भ्रमणमा चीन सरकारसँग किमाथांका नाका खुलाउने बिषयको समेत एजेन्डा राखिएको हुदाँ चाँडै खोलिने बताए । परराष्ट्रमन्त्री साउदले नेपाली जनताको तिब्बतसँग पुरानो सम्बन्ध रहेको बताउर्दै एक–आपसमा ब्यापारिक सम्बन्ध रहेकाले यो क्षेत्रको विद्युत्त र सहरीकरण लगायतको विकास योजनाको लागि चीन सरकारसँग प्रस्ताव पनि गरिएको बताए।
‘चीनसँग विद्युत्तको ट्रान्समिसन लाइन विस्तार गर्ने भन्ने बिषयमा पनि अघि बढेको छ। किमाथांका नाकालाई शहरीकरण बनाउने लगायतका थुप्रै विकास परियोजनाको प्रस्ताव पनि गरेका छौ, यो बिषयमा चीन सरकार सकारात्मक रहेको पाएका छौँ, मन्त्री साउदले भने। परराष्ट्र मन्त्री साउद खाँदबारीस्थित हिमालय किरण पब्लिक क्याम्पसको भारतीय राजदुतावासको सहयोगमा निर्मित भवनको उद्घाटन गर्न आएका हुन् ।
बुधबार दिउँसो सो भवन उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। भवन उद्घाटन गर्न नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तव समेत आएका छन्। परराष्ट्र मन्त्री साउद भोली मात्रै काठमाडौं फर्किने कार्यक्रम तय भएको छ भने राजदुत श्रीवास्वत भने आजै फर्किनेछन् ।
Leave a Reply