एसिया कप क्रिकेट: भारतले नेपाललाई १० विकेटले हरायो

काठमाडौं । एसिया कप क्रिकेटमा भारतले नेपालाई १० विकेटले पराजित गरेको छ । सोमवार राति पौने १२ बजे सकिएको खेलमा भारतले नेपालाई पराजित गरेको हो । पराजयसँगै नेपाल एसिया कपबाट बाहिरिएको छ ।
वर्षाले अवरुद्ध भएपछि २३ ओभरमा घटाइएको खेलमा भारतले पाएको १४५ रनको लक्ष्य विनाविकेट क्षति २०.१ ओभरमा भेट्टाएको थियो । पहिले ब्याटिङ गरेको नेपालले ४८ दशमलव २ ओभरमा सबै विकेट गुमाएर भारतविरुद्ध २३१ रनको लक्ष्य प्रस्तुुत गरेको थियो ।
यसअघि नेपाल एसियन कपको आफ्नो पहिलो खेल पाकिस्तानसँग पराजित भएको थियो । सोमबार भारतको जितमा रोहित शर्माले ७४ र शुभमन गिलले ६७ रन जोडे ।
Leave a Reply