३ दिने विपश्यना शिविर सम्पन्न

३ दिने विपश्यना शिविर सम्पन्न

सहजीकृत स्वास्थ शरिर र शान्त मनका साथै आन्नदमय जीवन जीउने कला प्रदान गर्न आयोजना गरिएको ३ दिने आन्द प्रज्ञा शिविर सम्पन्न भएको छ।
ओरेक नेपालको संयोजनमा महिला मानव अधिकार रक्षक संजालले आज विराटनगरमा आयोजना गरेको शिविर ओशोधारा मैत्री संघले सहजीकरण गरेको हो।

पारिवारीक, सामाजिक र पर्यावरणीय दायित्व निर्वाह सहित स्वस्थ र मस्त भएर जीवन जीउनका लागि त्रिदिवसीय आन्द प्रज्ञा कार्यक्रमको आयोजना गरिएको ओरेक नेपालका मोरङ अध्यक्ष मौसम राइले बताउनुभयो। कार्यक्रममा भगवान गौतम बुद्धको अष्टाङ्गिक आर्य मार्ग, योगश्वर भगवान श्री कृष्णको निष्काम कर्म योग, आचार्य रजनिशको क्रान्तिकारी नयाँ मनुष्यको देशना आदिमा आधारित ओशोधारा अन्तराष्ट्रिय आत्मजागरण कार्यक्रम राखिएको कार्यक्रम सञ्चालक वासु न्यौपानेले बताउनुभयो।

कार्यक्रममा उपस्थित भएपछि सहभागिहरुले आफुहरु तनावमुक्त भएको बताएका थिए।आगामी दिनहरुमा व्यवहारिक रुपमै सिकेका कुरालाई दैनिक अभ्यास गर्ने उनीहरुको भनाइ थियो। कार्यक्रमको समापनमा सहभागिहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *