विद्युत् चोरी नियन्त्रण अभियानबाट उठ्यो १ अर्ब २५ करोड रुपैया, तराई-मधेस अत्यधिक बिजुली चोरी हुने क्षेत्र

विद्युत् चोरी नियन्त्रण अभियानबाट उठ्यो १ अर्ब २५ करोड रुपैया, तराई-मधेस अत्यधिक बिजुली चोरी हुने क्षेत्र

काठमाडौं । चालू आर्थिक वर्ष ०७३-७४को पहिलो ६ महिनामा विद्युत् चोरी नियन्त्रण अभियानबाट  नेपाल विद्युत् प्राधिकरणले १ अर्ब २५ करोड रुपैया“ उठाएको छ । गत आर्थिक वर्ष ०७२-७३को पुसमा ग्राहक तथा वितरणतर्फको चुहावट २०.३८ प्रतिशत रहेकोमा यस वर्ष ३.६३ प्रतिशतले घटेर १६.७५ प्रतिशतमा झरेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

घिसिङले चुहावट नियन्त्रणबाट दैनिक ४ लाख ६० हजार युनिट विद्युत् बचिरहेको जानकारी दिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ऊर्जामन्त्री जनार्दन शर्माले निर्देशन दिएपछि प्राधिकरणले मुलुकभर चुहावट नियन्त्रण अभियान चलाएको छ ।
प्रसारण लाइनबाट डाइरेक्ट हुकिङ, घरमा राखिएको मिटर नै रिडिङ गर्न नदिने, पुराना मिटरलगायतबाट बिजुली चोरी हुने गरेको छ । कतिपय ठाउँमा प्राधिकरणका कर्मचारीकै मिलेमतोमा चोरी हुने गरेको छ ।

विद्युत् चोरीमा सघाउने प्राधिकरणका केही कर्मचारीलाई प्रहरीले पक्राउ गरेको थियो । चुहावटलाई नियन्त्रण गर्न ग्राहक तथा वितरण केन्द्रका एक तहदेखि ५ तहसम्मका २ हजार ५ सय कर्मचारीलाई एकैपल्ट प्राधिकरणले सरुवा गरेको थियो । प्राधिकरणका अनुसार सबैभन्दा बढी बिजुली चोरी तराई-मधेसमा हुने गरेको छ ।

प्राधिकरणको जनकपुर क्षेत्रीय कार्यालयअन्तर्गतका धनुषा, महोत्तरी, रौतहट, सप्तरी, पर्सालगायतका जिल्ला अत्यधिक बिजुली चोरी हुने क्षेत्र हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.