एमालेको मेची महाकाली राष्ट्रिय अभियान

एमालेको मेची महाकाली राष्ट्रिय अभियान

विराटनगर   ।  नेकपा एमालेले यही फागुन २१ गतेबाट शुरु गर्न लागेको मेची महाकाली राष्ट्रिय अभियानका लागि नेकपा एमाले मोरङले तयारी तिब्र पारेको छ ।

२१ गते झापामा कार्यक्रम भएपछि २२ गते मोरङ क्षेत्र भित्र पर्ने कार्यक्रमहरुको तयारी र ब्यववथापन तिब्र पारिएको एमाले मोरङका अध्यक्ष विनोद ढकालले बताए । उनले मोरङको विराटचोकमा हुने आमसभालाई पार्टी अध्यक्ष के पी ओली लगायतका शिर्षस्थ नेताहरुले संवोधन गर्ने कार्यक्रम रहेको जानकारी दिए ।

मोरगं जिल्ला कमिटीले यस अभियानलाई भब्य बनाउन सबै संग अपिल समेत गरेको छ । घरदैलो अभियानलाई सक्रिय बनाएको छ । बिराटचोकमा हुने सभाले एमाले  हिमाल पहाड र तराई सबै क्षेत्रमा सबैको साझा मनको पाटी भएको जनताले महसुस गर्ने कुरामा कुनै द्धिवीधा नभएको जिल्ला अध्यक्ष बिनोद ढकालले बताएका छन् । अब एमालेको जित सुनिश्चित छ ।

जनताको मन मनमा एमाले बाहेक अन्य कुनै पाटी नभएको महसुस गर्न थालेका छन् भने सो सभामा भाग लिन स्वतः स्फुर्त जनताहरु जाने कुरामा कुनै शंका नभएको कुरा अध्यक्ष ढकालले बताए । सोही दिन उर्लावारीमा संक्षिप्त कोणसभा, पथरी, कानेपोखरी, बेलवारी लगायतका स्थानमा कोणसभा तथा सास्कृतिक कार्यक्रम गरिने भएको छ । यी स्थानमा उपस्थित भएको टोलीहरु पनि मिसिदै विराटचोक र इटहरीको आमसभामा उपस्थित हुने छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.