विराट एक्स्पोमा ३५ करोडको कारोबार

विराट एक्स्पोमा ३५ करोडको कारोबार

विराटनगरमा आयोजित विराट एक्स्पोमा एक सातामा ३५ करोडको कारोबार भएको छ।

उद्योग संगठन मोरङले आयोजना गरेको एक्स्पोको समापनमा ३५ करोडको कारोबार भएको जानकारी दिइएको हो। हेलिसिटी टुर, माउन्टेन उडान, वाल उद्यान, रोजगारी मेला आदी मुख्य आकर्षण रहेको मेलामा कृषि औजार, सूचना प्रविधि, वैकल्पिक उर्जा, अटोमोबाईल्स तथा पार्टस, हस्तकलाका सामग्रीहरु, विद्युतीय सामग्रीहरु, घरयासी सामाग्रीहरु, गार्मेन्ट, खाद्य पदार्थ लगायतका वस्तुहरुको राम्रो कारोबार भएको सङ्गठनका अध्यक्ष मुकेश उपाध्यायले बताए ।

स्वदेशी तथा विदेशी गरि २ सय ५४ स्टल रहेको एक्स्पोमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिइएको थियो। कार्यक्रममा बोल्दै पूर्व सभामुख सुवासचन्द्र नेम्बाङले सबै दल एक ठाउँमा उभिएर चुनाव केन्द्रित हुनुपर्ने बताउनुभयो । असन्तुष्ट पक्षलाई सम्बोधन गरेर अघि नबढे विगतका उपलब्धिहरु गुम्ने खतरा रहेका उहाँको भनाइ थियो।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *