पत्रकार अम्बिका भण्डारी सम्मानित

पत्रकार अम्बिका भण्डारी सम्मानित

विराटनगर । प्रत्येक वर्ष प्रदान गरिने शहिद लक्ष्मी फुयाँल स्मृती ग्रामिण पत्रकारिता पुरस्कार पत्रकार अम्बिका भण्डारीलाइ प्रदान गरिएको छ ।
प्रेस सेन्टर मोरङले विराटगनरमा आयोजना गरेको कार्यक्रममा नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य तथा मोरङ जिल्ला इन्चार्ज कुशल लिम्बुले पुरस्कार प्रदान गर्नुभएको हो। पत्रकार भण्डारीलाई प्रमाणपत्र तथा १० हजार रुपैंया सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । शहिद फुयाँलको स्मृतिमा परिवारका सदस्यहरुले पुरस्कार कोष स्थापना गरेर जनपक्षिय पत्रकारिता गर्ने पत्रकारलाई पुरस्कार प्रदान गर्दै आएको छ।

लामो समयदेखि पत्रकारिता क्षेत्रमा आवद्ध भण्ढडारीले सशस्त्र द्वन्द्वको समयमा प्रहरी हिरासतमा चरम यातना भोग्नु परेको थियो । पुरस्कार वितरण कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष यज्ञ शर्मा, नेपाल पत्रकार महासंघका सल्लाहकार अनन्तराज न्यौपाने, नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेल, प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव विवेक गौतमले पत्रकारीता जगतमा पत्रकारले भोग्नुपरेका समस्या र निष्पक्ष पत्रकारीताको बारेमा जोड दिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.