कांग्रेस पुनःनिर्माणका लागि गुटको अन्त्य हुनुपर्नेमा महामन्त्री थापाको जोड

कांग्रेस पुनःनिर्माणका लागि गुटको अन्त्य हुनुपर्नेमा महामन्त्री थापाको जोड

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी पुनःनिर्माणका लागि गुटको अन्त्य हुनुपर्ने बताउनुभएको छ । कांग्रेसको शुभेच्छुक संस्था नेपाल छापाखाना तथा सञ्चार सम्बद्ध श्रमिक सङ्घले आज यहाँ आयोजना गरेको ‘आजको राजनीतिक अवस्था र ट्रेड युनियन’ विषयक विचार गोष्ठीमा उहाँले पार्टी रूपान्तरणका लागि गुटहरू भत्काउनुपर्ने बताउनुभएको हो ।

‘कांग्रेसलाई सुधार्नका लागि सबै गुटहरू भत्काउनुपर्छ, कांग्रेसभित्र अब परिवर्तन चाहने र परिवर्तन रोक्नेबीच प्रतिस्पर्धा हुनुपर्छ’, उहाँले भन्नुभयो । उहाँले कांग्रेसले युवालाई भविष्यप्रति आशावादी बनाउने खालका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो । कांग्रेस बनाउने जिम्मा कांग्रेसको काँधमा आएको उहाँको भनाइ थियो ।

‘कांग्रेसले आजका दिनमा कुशासन, बेथिति र भ्रष्टाचार म हटाउँछु, मुलुकलाई आजभन्दा भोलि राम्रो बनाउँछु, राम्रो अवसर दिन्छु भनेर आश्वस्त पार्न सक्नुपर्छ’, महामन्त्री थापाले भन्नुभयो । कांग्रेस कमजोर नभएको र पुनःनिर्माण सम्भव भएको उहाँको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.