सिलगुढीदेखि झापासम्म पेट्रोलियम पाइपलाइन बनाइने

सिलगुढीदेखि झापासम्म पेट्रोलियम पाइपलाइन बनाइने

काठमाडौं । नेपाल र भारतबीच दीर्घकालीन विद्युत् व्यापार सम्झौता भएको छ । यस सम्झौता अन्तरगत भारतले नेपालबाट आउँदो १० वर्षमा १० हजार मेगावाट बिजुली खरिद गर्ने लक्ष्य राखिएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जानकारी दिए ।

नेपालका प्रधानमन्त्री पुष्पकमल प्रचण्डसँगको संयुक्त पत्रकार सम्मेलनमा मोदीले दुई देशबीच थुप्रै महत्त्वपूर्ण सम्झौता भएको बताए ।उनले भने, ‘आगामी १० वर्षमा नेपालबाट १० हजार बिजुली आयात गर्ने लक्ष्य लिएका छौँ । खुर्कोट–कणाली र तल्लो अरुण जलविद्युत परियोजनामा भएको सम्झौताले हाम्रो ऊर्जा सम्बन्धलाई थप मजबुत बनाउने छन् ।’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारतबीचको सम्बन्ध आफ्नो कार्यकालमा सुदृढ हुँदै गएको बताए । उनले नेपाल–भारत पेट्रोलियम पाइपलाइनलाई चितवनसम्म बिस्तार गरिने घोषणा गरे । यस्तै सिलगुढीदेखि झापासम्म अर्को पाइपलाइन बनाइने पनि बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.