नेपाल र चीनको सिछवानका उद्यमीबीचको सम्बन्ध प्रगाढ बन्दै

नेपाल र चीनको सिछवानका उद्यमीबीचको सम्बन्ध प्रगाढ बन्दै

केशव भट्टराई,काठमाडौं । नेपाल र चीनबीच भइरहेको उद्यम तथा व्यापारिक सम्बन्ध प्रगाढ हुँदै गएको काठमाडौंमा आयोजित एक कार्यक्रमका वक्ताहरुले दाबी गरेका छन् । बुधवार साँझ काठमाडौंमा आयोजना भएको नेपालमा सिछवान उद्यमीहरुको मैत्रीपूर्ण भेटघाट कार्यक्रमका वक्ताहरुले दुई देशबीच विभिन्न क्षेत्रमा भएको लगानीको प्रतिफल पनि सकारात्मक भएको दाबी गरे ।

चिनियाँ कम्युनिष्ट पार्टीको सिछवान प्रान्तका सचिव वाङ सियाओहुईले नेपाल र चीनबीचको व्यापारिक सम्बन्ध निरन्तर प्रगाढ हुँदै गएको दाबी गर्नुभयो । उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलवार बिहान काठमाडौं आइपुग्नु भएका सचिव सियाओहुईले द’ई देशबीचको उच्चस्तरीय भ्रमण बाक्लिँदै जानु स’खद पक्ष भएको भन्दै ख’सी व्यक्त गर्नु भयो । उहाँले परिवर्तनसँगै विश्व परिवेश जटिल हुँदै गएको अवस्थामा दुई देशका नेताहरु बीच हुने भ्रमण आपसी समझदारीको गाँठो फुकाउने मूल मन्त्र भएको बताउनुभयो । यस्तै उहाँले नेपाल र सिछवान प्रान्तको सहकार्यमा संचालित जलविद्य’त लगायतका परियोजनाहरु नमुना देखिएका दाबी गर्नुभयो । नेपालमा सिछवान उद्यमीहरुको मैत्रीपूर्ण भेटघाट कार्यक्रमको उद्देश्यका बारेमा प्रष्ट पार्दै उहाँले भन्नुभयो, ‘हामी स’न्दर नगर काठमाडौंमा भेला भएका छौं, हाम्रो मूल उद्देश्य मित्रलाई अगाडि बढाउने र साझेदारीबारे छलफल गर्ने हो ।’

एक अर्को प्रसंगमा उहाँले नेपाल र चीनबीच सन् १९५५ मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएपछि पारस्पारिक सम्मान तथा समानताको आधारमा दुई देशबीचको सम्बन्धलाई अगाडि बढाउँदै आएको बताउनुभयाे । सन् २०१९ अक्टोबर महिनामा राष्ट्रपति सी चिन फिङले नेपालमा राजकीय भ्रमण गर्नु भएपछि दुई देशको नेतृत्वले नेपाल- चीन सम्बन्धलाई विकास र समृद्धिका निम्ति दिर्घकालीन मित्रताको रणनीतिक साझेदारीको तहमा गाँस्ने काम गरेको स्मरण गराउनुभयो ।

सी चिन फिङको नेपाल भ्रमणमा केन्द्रि हुदै उहाँले भन्नुभयो, ‘यसले द’ई देशबीच विभिन्न क्षेत्रमा हुने आपसी हितका साझेदारीहरुलाई प्रोत्साहन गरेको छ, नेपाल-चीन सम्बन्धमा नयाँ अध्यायको सुरुवात गरेको छ । वहाँले नेपाल र सिछवान प्रान्तबीचको सम्बन्ध पनि धेरै पुरानो सम्बन्ध भएको स्मरण गर्नु भयो । उहाँले दुइ देशका उद्यमीहरुले हातमा हात मिलाई आपसी साझेदारी र विकासलाई अझ अगाडि बढाउनेमा विश्वस्त रहेको बताउनु भयो । उहाँले पर्यटकीय भ्रमण, लगानी र व्यापार गर्न, सिछवानको प्राकृतिक सौन्दर्यको आनन्द लिन र आपसी हित र साझेदारीको वातावरण सिर्जना गर्न नेपालीलाई आग्रह पनि गर्नु  भएको छ ।

यस्तै उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल ‘एक चीन नीति’ प्रति प्रतिबद्ध रहेको जनाउनु भयो । उहाँले नेपालमा चीनविरोधी कुनै पनि गतिविधि हुन नदिने प्रतिबद्धता जनाउनुभयो । उहाँले नेपाललाई समृद्धिमा लैजानका लागि सन् २०१७ मा सीआरआई सम्झौतामा हसताक्षर गरेको जनाउनु भयो । द’ई मुलुकबीच हुने उच्चस्तरीय राजनीतिक भ्रमणका क्रममा महत्वपूर्ण सहमती हुने गरेको जनाउँदै नेपाल सरकार त्यस्ता सहमति कार्यान्वयन गर्न पूर्ण प्रतिबद्ध रहेको पनि उपप्रधानमन्त्री श्रेष्ठले आश्वस्त पार्नु भयो । उहाँले सिछवान प्रान्तका उद्योगी एवं व्यापारीलाई नेपालमा लगानी गर्न आग्रह पनि गर्नु भएको छ ।

उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, ‘लगानीको वातावरण बनाउन नेपाल प्रतिबद्ध छ । काठमाडौं र सिछवान प्रान्तबीच भगिनी सम्बन्ध स्थापित भइसकेको छ ।’ भौगोलिक विकटता, सांस्कृति सद्भाव र सिछवान प्रान्तीय सरकारले अवलम्बन गरिहेको कनेक्टिभिटी र नीतिका कारण पनि सिछवान नेपाली उत्पादनको प्रमुख निर्यात बजार भएको प्रष्ट पार्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.