वार्ता आव्हानप्रति कोशी प्रदेशको आन्दोलनरत् पक्ष सकारात्मक

वार्ता आव्हानप्रति कोशी प्रदेशको आन्दोलनरत् पक्ष सकारात्मक

विराटनगर । कोशी प्रदेशका आन्दोलनरत् पक्षले वार्ताका लागि सरकारले गरेको औपचारिक आव्हानलाई सकारात्मकरूपमा लिएको बताएका छन् । प्रदेश नामकरणपछि भइरहेको आन्दोलनबाट उत्पन्न असामान्य परस्थिति समाधान गर्न सरकारका प्रवक्ता कृषि तथा सहकारी मन्त्री भक्ति सिटौलाले मंगलबार आन्दोलनरत पक्षलाई वार्ताको लागि औपचारिक आव्हान गरेका थिए ।

किराँत याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम एक्तेनले सरकारले वार्ताको आव्हान सकारात्मक भएको बताए । उनले भने, ‘केही न केही सुरूवात भएको छ, यसले वार्ताको वातावरण बन्छ भन्ने लागेको छ । अहिले नै वार्तामा बसिहाल्ने अवस्था छैन । तर, सरकारले गरेको आव्हानले वार्ताको वातावरण बन्दै गएको छ । औपचारिक पत्र नपाएकाले अहिले नै वार्ता सुरू गरिहाल्ने अवस्था भने आएको छैन ।’

नेपाल प्रेससँग कुरा गर्दै उनले आन्दोलनरत पक्षको बैठक बसेर वार्ताको आव्हानको विषयमा निर्णय गरी नसकेको बताए । प्रदेशको नाम खारेजीको माग राख्दै आन्दोलन गरिरहेको अर्को संस्था किराँत राई यायोख्खाका अध्यक्ष जीवन हातोचो राईले सरकारले वार्ताको वातावरण बनाउन सुरू गरेको बताए । अहिले नै सबै कुरा पुरा भयो भन्ने होइन । उनले भने सरकारले गरेको आव्हानको बियामा हामी सकारात्मक छौ । हामी वार्ता र संवादबाट भाग्दैनौ सरकारसँग वार्ता बस्न तयार छौ । यसका लागि सरकारले औपचारिक रूपमा पत्र पठाउनु पर्ने र उच्चस्तरीय वार्ता समिति बनाउनु पर्ने बताए ।

प्रदेशको नामकरणपछि आन्दोलन गरिरहेको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङदेनले सरकारले वार्ताका लागि आव्हान गरेकोमा आफूहरू सकारात्मक रहेको बताए । उनले भाषा हेर्दा अहिले पनि परिणाममुखी वार्ताको पक्षमा रहेको देखिँदैन । नियत जे भए पनि वार्तामा बोलाएकोमा हामी सकारात्मक छौं ।लिङ्देनले औपचारिक वार्ताका लागि पत्र पठाउँदै नाम खारेजीका विषयमा समेत सरकार तयार रहनु पर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.