कोशी प्रदेश सरकारबाट जसपा बाहिरियो, माओवादी नैतिक दबाबमा

कोशी प्रदेश सरकारबाट जसपा बाहिरियो, माओवादी नैतिक दबाबमा

विराटनगर । कोशी प्रदेश सरकारलाई जनता समाजवादी पार्टीले दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । जसपा कोशी प्रदेश समितिको बैठकले जसपा प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको हो । कोशी प्रदेश सरकारमा जसपाबाट निर्मला सुब्बा स्वास्थ्यमन्त्री हुनुहुन्छ । सुनसरीको इटहरीमा बुधबार सम्पन्न बैठकले प्रदेश सरकारमा सहभागी स्वास्थ्य मन्त्री निर्मला लिम्बूलाई फिर्ता बोलाउने निर्णय गरेको हो । जसपाका नेता जयराम यादवले फिर्ता बोलाउने निर्णय भएको सञ्चारमाध्यमलाई जानकारी दिनु भएको छ ।

एक मात्र सांसद भएको जसपाबाट लिम्बु गत पुस २५ गते मन्त्री नियुक्त हुनु भएको थियो  । राष्ट्रपतिको निर्वाचनसँग केन्द्रमा नयाँ सत्तासमीकरण बनेसँगै ६ वटा प्रदेशमा नयाँ सत्तासमीकरण बनेको छ । तर कोशी प्रदेशमा एमाले नेतृत्वको सरकारमा जसपा र माओवादी केन्द्र सहभागी छन् । जसपाले सरकारबाट बाहिरिने निर्णय गरेपछि माओवादी केन्द्र नैतिक दबाबमा परेको छ । यसअघि नेपाली कांग्रेस संसदीय दलले लिखित रुपमा नै माओवादी केन्द्रलाई सरकारलाई दिएको समर्थन फिर्ता लिने आग्रह गरेको थियो ।

९३ सदस्यीय प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २९, माओवादीका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाको १ सांसद छन् । एमाले र राप्रपा एक ठाउँमा छन् भने कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपा एउटा गठबन्धनमा छन् । प्रदेशमा बहुमतका लागि ४७ मत आवश्यक पर्छ तर सभामुख बाहेक दुवै पक्षमा समान ४६ मत पुग्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.