मोरङ प्रहरीले ३५ किलो चाँदीसहित तीनजना पक्राउ गर्यो

मोरङ प्रहरीले ३५ किलो चाँदीसहित तीनजना पक्राउ गर्यो

विराटनगर । मोरङ प्रहरीले चोरीको ३५ किलो चाँदीसहित तीनजजालाई पक्राउ गरेको छ । जेठ ३ गते जयकिशोर चौधरीको घरबाट ३६ किलो चादी र २० तोला चादी चोरी भएको उजुरी परेको थियो ।

प्रहरीले बुधबार राति १ बजे ३५ किलो चादी र ८ ग्राम सुनसहित विराटनगर महानगरपालिका १२ का २१ वर्षीय राजकुमार कामत, सोही स्थानका १९ वर्षीय विवेक कामत र २२ वर्षीया श्रीकान्त दासलाई पक्राउ गरेको हो ।

भारततर्फ जाँदै गरेको अवस्थामा विराटनगर १२ कोशी प्रोजेक्टबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक दीपक पोखरेलले बताए ।सुनचाँदी पसलको सामान घरमा राखेको अवस्थामा चोरी भएको हो । चोरी भएको भनिएको २० तोला सुन र ३६ किलो चादी मध्ये ३५ किलो चादी र ८ ग्राम सुन बरामद भएको उनले बताए ।

चोरीको सुन भारतमा लगेर सात लाखमा विक्री गरेको पाइएको प्रहरी बताएको छ । चोरीपछि चोरी गर्ने गिरोहका सदस्य तीन दिन होटलमा बसेर भारततर्फ जादै गरेको अवस्थामा पक्राउ परेको प्रहरी उपरीक्षक पोखरेलले बताए । प्रहरीका अनुसार विवेक कामत यसअघि चोरी मुद्दामा ९ महिना र दास डाका मुद्दामा २० महिना कैद सजायपछि छुटेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.