प्रहरी कुनै षड्यन्त्रको शिकार नभएको गृहमन्त्री श्रेष्ठको दाबी

प्रहरी कुनै षड्यन्त्रको शिकार नभएको गृहमन्त्री श्रेष्ठको दाबी

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भुटानी शरणार्थी प्रकरणमा प्रहरी कुनै षड्यन्त्रको शिकार नभएको बताउनु भएको छ । कोही पनि निर्दोष नफसुन्, दोषी नछुटुन् भनेर प्रहरीले अनुसन्धान गरिरहेको उहाँले बताउनु भयो । गृह मन्त्रालयमा एमालेसम्वद्ध राष्ट्रिय युवा संघको ज्ञापनपत्र बुझ्दै उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले प्रहरीलाई राजनीतिक दबाव र अवान्छित प्रभावबाट मुक्त रहेर अनुसन्धान गर्न निर्देशन दिएको बताउनु भयो । कोही निर्दोष फस्नु हुन्न भन्नेमा आफू समेत रहेको भन्दै उहाँले भन्नुभयो, ‘आशंका वा मनोगत पूर्वाग्रहका आधारमा कोही निर्दोष फस्ने वा सार्वजनिक जीवनमा आँच पुर्‍याउने काम गर्न मिल्दैन ।’

दोषीलाई कुनै पनि नाममा छुट दिन नहुने उहाँले बताउनु भयो । कुनै दबाव परे म झेल्छु, स्वतन्त्र र निष्पक्ष अनुसन्धान गर्नुस् भनेर आफूले प्रहरीलाई भनेको भन्दै मन्त्री श्रेष्ठले भन्नुभयो, ‘कुनै षडयन्त्रको शिकार प्रहरी भएको छैन, हुँदैन ।’कतिपयले चर्चामा आएका प्रसंगहरुमा प्रहरी पुगेन कि भन्ने आशंका रहेको भन्दै उहाँले प्रहरीले अनुसन्धानले खुला नै राखेको बताउनु भयो । प्रहरीले बयानलाई तथ्य प्रमाणसँग जोडेर हेरेको भन्दै उहाँले भन्नुभयो, ‘थुप्रै व्यक्तित्वको नाम आएको छ, तर एउटा बयान दिएकै आधारमा मुद्दा चलाउन मिल्दैन कि भनेर अरु प्रमाणहरुको खोजी गर्ने प्रक्रियामा प्रहरी होला भन्ने हामीले बुझ्नुपर्छ ।’

‘कसैलाई कोही मुछ्न नपर्नेलाई पनि मुछ्यो कि भन्ने जस्तो पनि लागेको छ । कसैलाई मान्छे त आउनुपर्ने अन्तै छ, आएन भन्ने लागेको छ,’ उहाँले भन्न्ुभयो, ‘दुवैलाई हेर्दा के बुझ्नुप¥यो भने बयान र तथ्य प्रमाणका आधारमा स्वतन्त्र र निष्पक्ष अनुसन्धान गरेर पुष्टि भएको आधारमा अगाडि बढाउनेमा प्रहरी छ ।’कुनै पार्टीको हो रु कुन घरानासँग सम्बन्धित छ रु वा कसको नाता पर्ने हो भन्ने कुराको अपराधसँग साइनो नहुने भन्दै उहाँले राष्ट्रलाई हानिनोक्सानी हुने काम जसले गरेको छ, त्यसलाई निष्पक्ष छानबिन गरेर कानुनको दायरामा ल्याउने बताउनु भयो । समृद्धिका लागि सुशासन पहिलो शर्त भएको भन्दै उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले अरु पनि अनुसन्धान होला भन्ने आशा गर्न अनुरोध समेत गर्नु भएको छ ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *