सांसद हुन अयोग्य रहेको दाबी गर्दै रवि लामिछानेविरुद्ध मुद्धा दर्ता

सांसद हुन अयोग्य रहेको दाबी गर्दै रवि लामिछानेविरुद्ध मुद्धा दर्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा० का सभापति रवि लामिछाने प्रतिनिधिसभा सदस्य हुन अयोग्य रहेको दाबी गर्दै सर्वोच्च अदालतमा बुधबार रिट दर्ता भएको छ । अमेरिकी नागरिकता त्यागेको निस्सा नबुझाई कायम नरहेको नागरिकताको प्रतिलिपिबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकाले लामिछाने प्रतिनिधिसभा सदस्य हुन अयोग्य रहेको दाबी गर्दै युवराज पौडेल सफलले दिएको रिट बुधबार दर्ता भएको हो ।

यसअघि सफल दिएको रिट निवेदन दरपिठ गर्ने आफ्नै प्रशासनको निर्णय बदर गर्दै मंगलबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले रविविरुद्धको रिट दर्ता प्रक्रिया गरी अघि बढाउन आदेश दिएको थियो । उक्त आदेश पछि बुधबार रिट दर्ता भएको हो । सो रिटमाथिको सुनुवाइका लागि १७ जेठलाई पेसी तोकिएको छ ।

अमेरिकी नागरिकता त्यागेको निस्सा नबुझाई पुनः प्राप्तिका लागि प्रक्रिया पूरा नगरी कायम नरहेको नागरिकताको प्रतिलिपि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट लिएर निर्वाचित भएको प्रतिनिधिसभा सदस्य बन्न लामिछाने अयोग्य रहेकाले बदरको माग रिट निवेदनमा गरिएको छ ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *