‘फाल्तु कुरा नीति तथा कार्यक्रममा प्रस्तुत गरिनु दुःखको कुरा हो’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सांसदहरूलाई सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमको विरोध गर्न निर्देशन दिनु भएको छ । सरकारले शुक्रवार संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफल गर्न बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै गन्तव्यहीन भएकाले समर्थन गर्न नसकिने जनाउनु भयो ।
उहाँले भन्नुभयो, यो समर्थन योग्य छैन, विरोध योग्य छ। यस्तो फाल्तु कुरा नीति तथा कार्यक्रमको रूपमा प्रस्तुत हुन दुखको कुरा हो। त्यसैले यसलाई पास गर्न हुँदैन। विरोध गर्नुपर्छ। हाम्रो मुख्य पोजिसन त्यही हो। उनले एमाले नुन खाएको कुखुराजस्तो ओइलाउन नहुँदै भन्दै अध्ययन गरेर आफ्नो कुरा संसदमा प्रस्तुत गर्न निर्देशन दिनु भयो ।
Leave a Reply