प्रदेश नम्बर २ मा स्थानीय तहको संख्या बढ्ने

प्रदेश नम्बर २ मा स्थानीय तहको संख्या बढ्ने

काठमाडौं । सरकारले दुई नम्बर प्रदेशमा स्थानीय तहको संख्यामा बृद्धि गरेर भएपनि मधेसी मोर्चालाई चुनावमा सहभागी गराउन पहल थालेको छ ।

स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन अध्ययन कार्यदलका संयोजक स्थानीय विकासमन्त्री हितराज पाण्डेका अनुसार कार्यदल संख्या बढाउने निष्कर्षमा पुगेको छ । तर, कति वटा स्थानीय तह थप गर्ने भन्ने कुरामा भने थप गृहकार्य भइरहेको मन्त्री पाण्डेले जानकारी दिए ।
आयोगले देशभर ७१९ स्थानीय तह सिफारिस गरेको छ, जसमध्ये प्रदेश नम्बर २ मा १०५ पर्छ ।
आयोगले सुरुमा अधिकतम ७४४ स्थानीय तहको सीमा बनाएर जिल्लागत रिर्पाेट मागेको थियो । मन्त्रीस्तरीय कार्यदलले अहिले यही ७४४ सम्म जाने विकल्पमा छलफल गरिरहेको एक अधिकारीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.