धर्म, भाषा र संस्कृति संरक्षणका लागि संस्कृत शिक्षा: मेयर कोइराला

धर्म, भाषा र संस्कृति संरक्षणका लागि संस्कृत शिक्षा: मेयर कोइराला

विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले धर्म, भाषा, संस्कृति र रीतिरिवाजलाई संरक्षण गर्न संस्कृत भाषाको शिक्षा आवश्यक रहेको बताउनुभएको छ ।

श्री लक्ष्मीनारायण वेद विद्याश्रम आवासीय संस्कृत मावि गुरुकुलम्को परिसरमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत बन्न लागेको चार कोठे भवनको आज शुभारम्भ गर्दै उहाँले लोप हुन लागेको संस्कृत भाषाप्रति बढेको आकर्षणले संस्कृत भाषाको संरक्षण हुने विश्वास व्यक्त गर्नुभयो । प्रमुख कोइरालाले असल नागरिक बन्न नैतिक शिक्षा चाहिने भएकाले संस्कृत शिक्षा दिनुपर्ने आवश्यकता औँलाउनुभयो ।

विद्यालयका संरक्षक अच्युतप्रपन्नाचार्यले नैतिक शिक्षा, संस्कार र चरित्र निर्माण गर्न संस्कृत भाषा अत्यन्त जरुरी रहेको बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णहरि पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा विराटनगर महानगरपालिका–११ का वडाध्यक्ष तीर्थेन्द्र न्यौपाने र शिक्षासेवी दुर्गाप्रसाद खतिवडाले संस्कृत भाषाको महत्व बारे चर्चा गर्नुभएको थियो ।

दुई कठ्ठा १० धुर जग्गामा निर्माण भएको उक्त संस्कृत विद्यालयमा हाल कक्षा ६ देखि १२ सम्म एक सय विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत रू ४५ लाख बजेट प्राप्त भएको थियो ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *