चारजना पत्रकारलाई ‘कोशी प्रदेश पत्रकारिता पुरस्कार’

चारजना पत्रकारलाई ‘कोशी प्रदेश पत्रकारिता पुरस्कार’

विराटनगर । कोशी प्रदेश सरकारले चारजना पत्रकारलाई प्रदेश पत्रकारिता पुरस्कार प्रदान गरेको छ ।  पत्रकारिता दिवसको अवसर पारेर उनीहरुलाई प्रदेश पत्रकारिता पुरस्कार प्रदान गरिएको हो । इलामका दुई, झापा र सुनसरीका एक–एक जना पत्रकारलाई जनही एक लाख रुपैयाँ नगदसहित पुरस्कार प्रदान गरिएको हो ।

दिवसको अवसरमा सुनसरी धरानका राजेशकुमार यादव (राजेश विद्रोही), इलामका सटेन्द्रकुमार जबेगु र सोमनाग अधिकारी, झापाकी अम्बिका भण्डारीलाई प्रदेश पत्रकारिता पुरस्कार प्रदान गरिएको हो ।

उनीहरूलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पुरस्कार प्रदान गर्नु भयो । पुरस्कार प्रदान गर्दै मुख्यमन्त्री कार्कीले प्रदेशको विकासमा पत्रकारिता क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.