काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजदूत सिफारिसबारे पार्टी केन्द्रीय कार्यसमिति बैठकमा छलफल हुन नसक्ने वताए । सभापति देउवाले राजदूत सिफारिस पुनर्विचार गर्न नसकिने पनि वताए ।
वरिष्ठ नेता रामचन्द्र पौडेल र उनीपक्षीय नेताहरुले राजदूत सिफारिस फिर्ता लिन पत्र नै लेखेर ध्यानाकर्षण गरेपछि देउवाले राजदूत नियुक्तिका विषयमा पार्टीको बैठकमा छलफल गर्ने परम्परा नै नरहेको वताए ।
आइतबार सिंहदरवारमा पत्रकारहरुसँग कुरा गर्दै देउवाले भने– ‘राजदूतको कुरा कहाँ पार्टीको बैठकमा हुन्छ भन्या ! नचाहिने कुरा गर्नु भएन नि । राजदूत सरकारले सिफारिस गरेको हो । त्यो फिर्ता गर्न मिल्दैन ।’ पौडेल समुहले भने पार्टी केन्द्रीय कार्यसमितिको बैठक बोलाएर राजदूत सिफारिस लगायतका निर्णय फिर्ता लिन लिखित आग्रह नै गरेको छ ।
Leave a Reply