त्रिचन्द्र क्याम्पस र नेपाल ल क्याम्पसको ताला खुल्यो

त्रिचन्द्र क्याम्पस र नेपाल ल क्याम्पसको ताला खुल्यो

 काठमाडौंको प्रदर्शनीमार्गस्थित नेपाल ल क्याम्पसमा विभिन्न विद्यार्थी संगठनले लगाएको ताला नेकपा एमाले निकट अनेरस्ववियुको एक पक्षले ताला फुटाएको छ । उसले स्ववियु चुनावको माग गर्दै करिब तीन दिन देखि निर्वाचन कार्यालयमा लगाएको ताला फोडेको हो । अहिले उक्त क्याम्पसमा विद्यार्थीहरुले प्रदर्शन गरिरहेका छन् ।

प्रदर्शनका क्रममा अखिल नेतृत्वको विद्यार्थी संगठनले ताला फुटाउनुको साथै फर्निचरमासमेत तोडफोड गरेको बिद्यार्थी नेता बिराज थापाले बताए । स्ववियु चुनावका लागि आज दाबी बिरोध गरेर अन्तिम उमेदवारको सूची प्रकाशित गर्नुपर्ने कार्यतालिका रहेको भएतापनि बिद्यार्थीहरुको आन्दोलनका कारण अधिकांश क्याम्पसमा हुन सकेको छैन ।

त्यसैगरी, एक साता यता त्रिचन्द्र क्याम्पसमा लगाएको ताला पनि खुलेको छ । साे क्याम्पसमा लगाएको ताला खुलेसँगै चुनावी कामहरु अगाडी बढेको छ । सैद्धान्तिक परिक्षा सकिएसँगै निर्वाचित व्यक्ति स्वत: पदमुक्त हुने त्रिविको नियमकाे विराेधमा विद्यार्थीहरु आन्दोलित थिए । उक्त विषयमा त्रिविले सिनेटबाट छलफल गरी विवाद टुंग्याउने सहमति पश्चात् ताला खुलेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.