सफल फोटो पत्रकारमा हुनुपर्ने महत्वपुर्ण गुणहरु

सफल फोटो पत्रकारमा हुनुपर्ने महत्वपुर्ण गुणहरु

हालै संसार भर गरिएको एक सर्वेक्षणका अनुसार अहिलेको शताव्दीमा पत्रकारिता गर्ने धेरै विधार्थीहरुमा फोटो पत्रकारिता गर्ने सोच हुन्छ | तर त्यसका लागि आफु नै यस कामका लागि उपयुक्त छु भन्ने मनाशिकताको सिर्जना गर्न जरुरी हुन्छ |

photography

फोटो पत्रकारिता गर्नका लागि यस बारे कलेजमा पढेर मात्र नभई आफुमा पनि यस सम्बन्धी केहि ज्ञान तथा सिपकोको आवश्यकता पर्दछ | त्यसैले आज हामी हजुरहरुका लागि फोटो पत्रकारिता गर्नका लागि आफुमा हुनुपर्ने केहि गुणहरुको बारेमा जानकारी दिदै छौ | साथै हामी हजुरहरु समक्ष कार्ग स्मिथ, रोबर्ट ओन्द्रोविक र ताकायुकी माइकाव जस्ता विश्व प्रसिद्ध फोटो पत्रकारहरुको फोटोहरु पनि प्रस्तुत गरेका छौ |

photo2

फोटो पत्रकारिता गर्नका लागि हजुर फोटो खिच्ने देखि त्यस फोटोका लागि क्याप्सन दिने काममा समेत दक्ष हुन जरुरी हुन्छ | त्यसैले आज हामी हजुरहरुलाई फोटो कसरी खिच्ने भनेर केहि जानकारी दिदै छौ | फोटो खिच्न जति सजिलो हुन्छ त्यति नै यो गार्हो र साहसिक कार्य पनि हो | हजुरहरु फोटो त खिच्नु हुन्छ तर हरेक समय फोटो खिच्नका लागि हजुरहरुका अगाडी खिच्न लायक केहि कुरा हुन जरुरी हुन्छ | हजुरहरुलाई यसका बारेमा एक सजिलो उपाय :- पक्कै पनि हजुरहरुको घर वरिपरी जनावरहरु त हुन्छन होला ? तिनैको फोटो खिचेर पनि हजुरले केहि अभ्यास गर्न सक्नु हुन्छ | त्यस्तै, हजुरहरुका लागि फोतोपत्रकर्मा हुनुपर्ने केहि गुणहरु :-

१) हजुरमा धैर्यता हुन आवश्यक हुन्छ

photo4

कुनै पनि फोटो झट्ट लिन गारो हुने गर्दछ | त्यसैले हजुरमा धैर्यताको अति आवश्यक पर्दछ | हतारमा खिचिएको फोटो नराम्रो आउने सम्भावना बढी हुन्छ | त्यसैले हजुर फोटो खिच्ने समय धैर्य भएर उक्त बस्तुको सहि प्रश्तुतिको प्रतिक्षा गर्नुपर्ने हुन्छ |

२) हजुर यस कामका लागि आत्मनिर्भर हुनु पर्दछ

photo10

जुनसुकै काम गर्ने बेलामा पनि हजुर आत्मनिर्भर हुनुभयो भने उक्त काम राम्रो हुने सम्भावना बढी हुन्छ | हजुरको उक्त काम बुढाबुढीको भाषामा पाको(पक्का) काम ठहरिन्छ | त्यसैले हजुरले कुनै बस्तुको फोटो खिच्ने तयारीमा हुनु हुन्छ भने त्यस वस्तुको फोटो खिच्नका लागि हजुर ढुक्क हुनु पर्दछ |

३) स्रोतको खोजि

photo5

हजुरलाई माथि भनिए जस्तै फोटो खिच्नका लागि केहि स्रोतको आवश्यकता पर्दछ | यसका लागि हजुरले आफ्नो घर वरिपरीका जनावर तथा फोटो खिच्न लायक वस्तुको फोटो खिच्न सक्नु हुन्छ | यसमा पनि हजुरको मन भरिदैन भने फोटो खिच्ने स्रोतका रुपमा चिडिया घरलाई पनि लिन सक्नु हुन्छ जसमा रहेका जनावरहरुको फोटो खिची हजुरले अभ्यास गर्न सक्नु हुनेछ |

४) एकाग्रता

photo8

फोटो खिच्ने कार्य खान पकाउने र ब्याट-मिन्टन खेल्ने जस्तो कुनै सझिलो कार्य होइन | यस काममा लाग्नु भएको छ भने हजुरमा एकाग्रताको आवश्यकता पर्दछ | कुनै वस्तुको फोटो खिच्दै हुनु हुन्छ तर हजुरको ध्यान त्यसमा रहेन भने फोटो खिच्नका लागि हजुरले महत्वपुर्ण क्षण गुमाउन सक्नुहुन्छ | अनि कुनै पनि ध्यान दिएर गरेको कार्य जहिले पनि राम्रो हुन्छ, त्यसैले यस कार्यमा पनि आफ्नो ध्यान केन्द्रित गर्न सक्नु भयो भने हजुरले राम्रो फोटो खिच्न सक्नु हुन्छ |

५) आवश्यक वस्तु

photo9

हजुरलाई फोटो खिच्नका लागि आवश्यक वस्तु के होला ? अवश्य पनि क्यामेरा | तर याद राख्नुस फोटो खिच्नका लागि क्यामेरा मात्र काम लाग्ने हुन्दैन | यसका लागि हजुरले आफुसँग भएको मुबाइल पनि प्रयोग गर्न सक्नु हुन्छ | तर मुबाइलमा क्यामेराको चाही आवश्यक पर्दछ है | सक्नु हुन्छ भने क्यामेरामा पनि किन साधारण खाले क्यामेराको प्रयोग गर्नु हुन्छ ? राम्रै खाले क्यामेरा किन्नुहोस तर सक्नुहुन्न भने आफ्नो मुबाइलबाट पनि अभ्यास त गर्न सक्नु हुन्छ नि !

६) आँखालाई केन्द्रबिन्दु बनाउनुहोस

photo13

यदि हजुरले कुनै जनावरको फोटो खिच्दै हुनुहुन्छ भने सोच्नुहोस, त्यस जनावरको आँखामा नै दर्शकको ध्यान जाने गर्दछ | त्यसैले हजुरले यस्ता जनावरको फोटो खिच्ने समय अत्यन्तै ध्यान दिनुपर्ने कुरा जनावरको आँखा हो | उदाहरणका लागि दुई ओटा फोटो खिच्नुहोस | एकमा जनावरको आँखा भएको अनि अर्कोमा आँखा नभएको | अनि हजुरले आफै कुरा बुझ्नु हुनेछ |

photo12

७) सहि समय को पहिचान

photo14

एक सफल फोटो पत्रकार हुनका लागि हजुरले सहि समयको पहिचान गर्नु आवश्यक हुन्छ | कुन समयमा कस्तो फोटो खिच्दा राम्रो हुन्छ वा कुन समयमा खिचेको फोटो राम्रो आउछ भनेर ख्याल गर्नु पर्दछ | अनि जनावरको फोटो खिच्ने बेलामा त झन् ऊ कुन समयमा राम्रो फोटो आउने गरि प्रस्तुत हुन्छ भनेर पनि ख्याल गर्नु पर्दछ |

photo3

अनि अन्त्यमा

८) केवल अभ्यास

photo6

हजुरले पक्कै पनि सुन्नु भएको नै होला “प्र्यकटिश मेक अ म्यान पर्फेक्ट” भन्ने कुरा, त्यसैले अभ्यास गर्न कन्जुसाई नगर्नु होस् अनि हजुरको सफल फोटो पत्रकार बन्ने सपना सफल हुनेछ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.