कोशीका मन्त्री राजभण्डारी सम्मानित, पुरस्कृत रकममा थपेर ५० हजार ट्रष्टलाई सहयोग

कोशीका मन्त्री राजभण्डारी सम्मानित, पुरस्कृत रकममा थपेर ५० हजार ट्रष्टलाई सहयोग

विराटनगर । कोशी प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी ‘राष्ट्रिय पुरस्कार २०८०’ बाट सम्मानित हुनु भएको छ । दोर्ण–पद्य–प्रेम राजभण्डारी मेमोरियल ट्रष्ट, बाग्लुङ्गले मन्त्री राजभण्डारीलाई ‘राजभण्डारी राष्ट्रिय पुरस्कार’द्धारा सम्मान गरेको हो ।

मन्त्री राजभण्डारीले राजनीतिमा सक्रिय हुँदै सामाजिक, शैक्षिक, पर्यटन, उर्जा, स्वास्थ्यलगायतका क्षेत्रको विकासका लागि महत्वपुर्ण भुमिका निर्वाह गर्नु भएको छ । राजनैतिक बाहेकका क्षेत्रहरु रेडक्रस, सामाजिक संघसंस्था, धार्मिक एवं साँस्कृतिक क्षेत्रमा समेत मन्त्री राजभण्डारीले योगदान पुर्याउँनु भएकाले सम्मान गरिएको जनाएको छ । राजभण्डारी भक्तपुरबाट बाग्लुङ्ग पुगेको २१८ औं वर्ष गाँठको अवसरमा ट्रष्टका तर्फबाट मन्त्री राजभण्डारीलाई सम्मानपत्र, नगद २५ हजारसहित दोसल्लाओढाएर सम्मान गरिएकोअध्यक्ष काजी रोशनले जानकारी दिनु भएको छ ।

२०७८ मा स्थापना भएको ट्रष्टले हरेक वर्ष राष्ट्रका बिभिन्न क्षेत्रमा उल्लेखनिय टेवा पुर्याउने राजभण्डारीहरुलाई सम्मानगर्दै आएको संरक्षक रामकुमार राजभण्डारीले यस सञ्चारमाध्यमलाई थप जानकारी दिनु भयो । राष्ट्रिय पुरस्कारबाट सम्मानित भएपछि मन्त्री राजभण्डारीले यस सम्मानले आफूलाई थप जिम्मेवार बनाएको प्रतिक्रिया दिनु भएको छ । लामो समयदेखि सेवाभाव मनमा राखेर कार्य गरेको तथा अझैपनि थुप्रै सामाजिक विकासका कार्य गर्न बाँकी रहेको मन्त्री राजभण्डारीले उल्लेख गर्नु भएको छ ।

यसैबीच मन्त्री राजभण्डारीले दोर्ण–पद्य–प्रेम राजभण्डारी मेमोरियल ट्रष्ट, बाग्लुङ्गलाई ५० हजार रुपैयाँ सहयोग गर्नु भएको छ । उहाँले राष्ट्रिय पुरस्कार अन्तर्गत सम्मान स्वरुप प्राप्त भएको २५ हजार रुपैयाँ नगदमाआफ्नो तर्फबाट पुनः २५ हजार रुपैयाँ थप गरी ट्रष्टको थप व्यवस्थापन र अन्य सामाजिक कार्यका लागि ५० हजार रुपैयाँ ट्रष्टलाई हस्तान्तरण गर्नु भएको हो । मन्त्री राजभण्डारीका तर्फबाट सहयोग स्वरुप प्राप्त भएको ५० हजार रुपैयाँ आगामी दिनमा सामाजिक क्षेत्रमा प्रयोग गरिने ट्रष्टले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.