एकीकृत समाजवादीसँग वाक्क हुँदै नेता, नरेश ज्ञवाली एमालेमा प्रवेश

एकीकृत समाजवादीसँग वाक्क हुँदै नेता, नरेश ज्ञवाली एमालेमा प्रवेश

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता नरेश ज्ञवालीले पार्टी परित्याग गरेको घोषणा गर्नुभएको छ । नेकपा एमाले विभाजन हुँदा एकीकृत समाजवादीमा लाग्नुभएका ज्ञवालीले सो पार्टीका काम नभएको भन्दै परित्याग गरेको घोषणा गर्नु भएको हो । ज्ञवालीले पार्टी बिभाजनको पुष्टि नभएको र जनताले माधव नेपाल नेतृत्वको पार्टीलाई अस्वीकार गरी सजाय दिएकोले सो पार्टी छाडेको बताउनु भएको छ ।

शुक्रबार ज्ञवालीले विभाजनको औचित्य पुष्टि भएन भन्दै ज्ञवालीले पार्टी परित्याग गर्नुभएको जनाइएको छ । ‘विभाजनले दलाल पूँजीवाद र बिचौलियालाई मात्रै खुसी बनाउने भयो । त्यसैले मैले उक्त पार्टी परित्याग गर्ने निर्णय गरेको हुँ’, ज्ञवालीले भन्नुभयो ।

ज्ञवाली एमालेको स्थापनाकालदेखि सक्रिय नेता हुनुहुन्छ । ‘कोके, माले, एमाले हुँदै मैले तीस दशक राजनीतिमा बिताएको छु, तर एकीकृत समाजवादीमा रहेर कम्युनिष्ट आन्दोलन अगाडि बढ्ने देखिनँ’, ज्ञवालीले भन्नुभयो । ज्ञवालीलाई एकीकृत समाजवादीले केन्द्रीय लेखा परिक्षण आयोग सदस्यको जिम्मेवारी दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.