सहरमा प्रदूषण अझ बढ्ने, स्वास्थ्यमा ख्याल गर्न चिकित्सकको सुझाव

सहरमा प्रदूषण अझ बढ्ने, स्वास्थ्यमा ख्याल गर्न चिकित्सकको सुझाव

काठमाडौं । काठमाण्डौ,विराटनगरसहित मुख्य सहरमा केही दिनदेखि प्रदूषण बढेको छ । अझै तीन दिनसम्म पानी पर्ने सम्भावना नरहेकाले प्रदूषण अझै बढ्ने देखिएको छ । सुक्खापन बढ्दा र मानवीय लापरबाहीका कारण देशका धेरै वनजङ्गलमा डढेलो लागेको र यही कारण प्रदूषण बढेको विज्ञले बताएका छन् । धुवाँ फाल्ने पुराना गाडी र सडकका धुलो लगायतका कारण पनि प्रदूषण बढेको हो ।

तत्काल पानी पर्ने र हावा चल्ने सम्भावना नरहेकाले प्रदूषण र तुवाँलो अझै बढ्ने मौसमविद्ले बताएका छन् । मौसमविदका अनुसार आउँदो बिहीवार र शुक्रवार देशका पश्चिमी क्षेत्रमा पानी पर्ने सम्भावना छ । तर, त्यसअघि भने खासै पानी पर्ने सम्भावना छैन ।

प्रदूषण मापन गर्ने एक्यूएयरका अनुसार अहिले पाटनमा हावाको गुणस्तर सूचकाङ्क एक्यूआई १८६ छ । यस्तै, काठमाण्डौ रत्नपार्कको १८०, कीर्तिपुरको १७४, भक्तपुरको १६९ र दाङको तुलसीपुरको १६६ रहेको छ ।

प्रदूषण एक्यूआई ५० भन्दा धेरै भएमा कमजोर स्वास्थ्य भएका समूह जोखिममा पर्छन् भने एक सयभन्दा माथि भएमा सबैका लागि अस्वस्थ हुन्छ । प्रदूषणका कारण रुघाखोकी, दम र निमोनियाका बिरामी बढेका छन् ।

प्रदूषणका कारण स्मरण शक्तिमा समेत असर पर्ने डाक्टरले बताएका छन् । प्रदूषण बढिरहेकाले सकेसम्म घरबाहिर ननिस्कन र निस्कनै परे मास्क लगाउन, प्रशस्त पानी पिउन, श्वास फेर्न गाह्रो भए वा खोक्दा छाती दुखे, रगत आए तत्काल अस्पताल जान डाक्टरको सुझाव छ । यस्तै, प्रदूषणका कारण आँखा पोल्ने समस्या समेत देखिन थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.