कोशी प्रदेशमै ‘पूर्ण खोप सुनिश्चितता’ गर्ने पहिलो पालिका बन्यो विराटनगर

कोशी प्रदेशमै ‘पूर्ण खोप सुनिश्चितता’ गर्ने पहिलो पालिका बन्यो विराटनगर

विराटनगर । विराटनगरलाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको विशेष उपस्थितिमा विराटनगरलाई पूर्ण खोप सुनिश्चितता भएको पालिका घोषणा गरिएको हो । विराटनगर महानगरपालिका कोशी प्रदेशमा रहेका स्थानिय तहमध्ये पूर्ण खोप सुनिश्चितता गर्ने पहिलो पालिका पनि बनेको छ । अहिलेसम्म विराटनगर महानगरपालिकामा १७ हजार ५०२ बालबालिकालाई खोप लगाइसकिएको छ ।

जिल्ला समन्व्य समिति मोरङका अध्यक्ष अजम्बर राईले विराटनगर महानगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका भएको घोषणा गर्नुभयो । उहाँले मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालालाई प्रमाणपत्र पनि प्रदान गर्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि मुख्यमन्त्री कार्कीले विराटनगर महानगरपालिका एक कदम अगाडि बढेको जनाउनु भयो । विराटनगर प्रदेशको राजधानी र कोशी प्रदेशको एकमात्रै महानगरपालिका भएकाले पूर्ण खोप सुनिश्चितता भएको पालिका हुनु गौरवको विषय भएको उहाँले चर्चा गर्नु भयो ।

कार्यक्रममा मेयर नागेश कोइरालाले सबैको साथ र सहयोगले नै विराटनगरलाई पूर्ण खोप सुनिश्चितता भएको पालिका घोषणा गर्न सफल भएको भन्दै खुशी व्यक्त गर्नु भयो । १७ हजार ५०२ बालबालिकाहरूमध्ये १ हजार ५९२ जना बालबालिकाहरू पूर्ण खोप लगाउनबाट छुटेका थिए । उनीहरूलाई घरघरमै पुगेर स्वास्थ्यकर्मीहरूले खोप लगाइसकेपछि मात्रै पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.