‘प्रचण्डलेआफैंलाई धोका दिएको परिणाम चाँडै देखिने छ ’

हेटौँडा । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफैंंले आफैंलाई धोका दिएको टिप्पणी गर्नु भएको छ । उहाँले त्यसको परिणाम केही समयपछि थाहा हुने दाबी समेत गर्नु भयो । एमालेले संचालन गरिरहेको ‘मिसन ग्रासरुट’ अभियान अन्तर्गत शनिबार हेटौँडामा बोल्दै महासचिव पोखरेलले प्रचण्डले आफैंलाई धोका दिएको र त्यसको परिणाम केही समयपछि थाहा हुने दाबी गर्नु भएको हो ।
‘अहिले कतिपयले भन्ने गरेका छन् अझ केही एमालेका नेतारकार्यकर्ताहरू पनि अन्योलमा छन्, कि प्रचण्डले एमालेलाई धोका दिए, तर त्यो अन्योलताबाट सबै मुक्त हुन जरुरी छ, प्रचण्डले एमालेलाई हैन, माओवादीले एमालेलाई हैन, उनीहरूले आफूलाई नै धोका दिएका हुन, त्यसको परिणाम अब केहि समयमा नै माओवादीले थाहा पाउँछ,’ महासचिव पोखरेलले भन्नु भयो ।
प्रचण्डको वर्तमान सरकारमा रहने दिन समाप्त हुँदै गएको नेताहरुले संकेत गर्न थालेका छन् । केही दिनअघि नेपाली कांग्रैसका सभापति शेरबहादुर देउवाले आफ्नै नेतृत्वमा सरकार बन्ने बताउनु भएको थियो । यसैबीच जनमत पार्टीका अध्यक्ष सिके राउतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अब पदमुक्त हुने संकेत गर्नु भएको छ । उहाँले मधेश प्रदेशमा पनि मुख्यमन्त्री आँफै बहिर्गमन हुने खुलासा गर्नुभयो ।
नेता रावतले प्रधानमन्त्रीमा प्रचण्ड कति दिन टिक्ने हो भन्ने ठेगानचाहिँ नभएको टिप्पणी गर्नु भएको छ । पछिल्लो समय बैशाख १० गतेको उपनिर्वाचनपछि कांग्रेसले सरकारको नेतृत्व गर्ने चर्चा चलिरहेको बेलामा राउतको यस्तो भनाई आएको हो ।कांग्रेस सभापति देउवा र जनमत पार्टीका अध्यक्ष राउतका अभिव्यक्तिले प्रचण्ड सरकारबाट चाँडै बाहिरिने संकेत देखिएको छ ।
Leave a Reply