कोशी प्रदेश : विश्वविद्यालय पूर्वाधार निर्माण गर्न भारतसँग अनुरोध गर्ने

कोशी प्रदेश : विश्वविद्यालय पूर्वाधार निर्माण गर्न भारतसँग अनुरोध गर्ने

विराटनगर । कोशी प्रदेश मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले मनमोहन विश्वविद्यालय बूढीगङ्गाको आवश्यक पूर्वाधार निर्माणका लागि भारत सरकारसँग अनुरोध गर्ने निर्णय गरेको छ ।

बैठकले विश्वविद्यालयको भौतिक पूर्वाधार निर्माणका लागि दुई पक्षबीच समझदारी तय गरी आर्थिक सहयोग उपलब्ध गराउन अनुरोध गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौलाले जानकारी दिनुभयो । यसका साथै सोही विश्वविद्यालयका लागि दुई पक्षीय समझदारीअनुसार विभिन्न विषयका विज्ञ र दक्ष प्रशिक्षक उपलब्ध गराउनसमेत भारत सरकारसँग अनुरोध गर्ने निर्णय भएको छ ।

बैठकमा कोरोना प्रकोपको सतर्कताका लागि स्वास्थ्य मन्त्रालयलाई आवश्यक पहलकदमी चाल्न निर्देशन दिने निर्णय भएको सरकारका प्रवक्ता सिटौलाले बताउनुभयो । बैठकले प्रदेशको आर्थिक कार्यविधि तथा वित्तीय नियमावली, २०७९ लाई स्वीकृत गर्ने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.