सडक मिचेर बनाइएका प्रहरी संरचना हटाउन मेयर बालेनको निर्देशन

सडक मिचेर बनाइएका प्रहरी संरचना हटाउन मेयर बालेनको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले फुटपाथ तथा सडक मिचेर बनाइएका प्रहरी संरचना हटाउन आग्रह गर्नुभएको छ । काठमाडौं महानगरपालिकाभित्रका विभिन्न प्रहरी संरचनाहरुको तस्बिरसहित सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै शाहले यस्ता संरचना हटाउन आग्रह गर्नुभएको हो । फुटपाथमा व्यापार गर्न रोकेको स्मरण गराउँदै उहाँले नियम सर्वसाधारणका लागि मात्रै नभएर सबैका लागि हुनुपर्ने उल्लेख गर्नुभएको छ ।

उहाँले यी संरचना प्रहरी आफैले नहटाएमा समतामूलक कानुनको प्रयोगको लागि आफूहरु संरचना हटाउन बाध्य हुने बताउनुभएको छ । नगर प्रमुख शाहले सार्वजनिक गर्नुभएका प्रहरी बिटहरुमा प्रधानमन्त्री निवास अगाडि बालुवाटार, असन चोक, न्यूरोड पिपलबोट, रातो पुल, बौद्ध प्रहरी वृत्त अगाडि, चुच्चेपाटी, जडीबुटी चोक, सिनामंगल चोक लगायतका ठाउँका रहेका छन् । यस्तै उहाँले विभिन्न दूतावास लगायत विदेशी नियोगका हकमा पनि सम्बन्धित मन्त्रालयलाई काम अगाडि बढाउन आग्रह गरिएको बताउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.