बैशाख १० उपनिर्वाचन : भोलि मनोनयन दर्ता गरिने

बैशाख १० उपनिर्वाचन : भोलि मनोनयन दर्ता गरिने

काठमाडौं । आगामी वैशाख १० मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि भोलि (यही चैत २० गते) सोमबार उम्मेदवारको मनोनयनपत्र दर्ता हुने भएको छ । निर्वाचन आयोगले तय गरेको कार्यक्रम अनुसार निर्वाचनमा भाग लिन दर्ता भएका राजनीतिक दलका तर्फबाट र स्वतन्त्र उम्मेदवारले सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्नेछन् ।

गत मङ्सिर ४ गतेको निर्वाचनमा निर्वाचित रवी लामिछाने नागरिकतासम्बन्धी मुद्धामा सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएपछि चितवन क्षेत्र नं। २, राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएपछि तनहुँ निर्वाचन क्षेत्र नं। १ र उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित भएपछि बारा निर्वाचन क्षेत्र नं. २ का लागि उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनका लागि शनिबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको छ ।

प्रमुख दलहरुले उपनिर्वाचनका लागि उम्मेदवार करिब चयन गरिसकेका छन् । नेपाली कांग्रेस र नेकपा एमालेले चितवन २ र तनहुँ १ मा उम्मेदवार चयन गरिसकेका छन् भने बारा २ मा चयन गर्ने क्रममा रहेको बताएका छन् । कांग्रेसले भने बारा २ मा सत्ता सहयात्री दल जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई सघाउने संकेत गरेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले शनिबार काठमाडौँमा पत्रकार सम्मेलन गरेर तीनै क्षेत्रका उम्मेदवारलाई टिकट प्रदान गरिसकेको छ। चितवन २ मा पार्टी अध्यक्ष रवि लामिछाने पुनः चुनावमा होमिएका छन् । अन्य क्षेत्रबाट स्वर्णिम वाग्ले र रमेश खरेलले उम्मेद्वारी दिने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.