प्रधानमन्त्री दाहालले मिटरब्याजी पीडितको समस्या समाधान गर्लान् त ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मिटरब्याजी पीडितको समस्या समाधान गर्न केन्द्रित हुन थालेका छन् । यसैक्रममा उनले आज उनीहरुसँग छलफल गर्ने भएका छन् । उनीहरुलाई छलफल गर्दै आश्वासन मात्रै दिने हो भने त्यसले खासै अर्थ राख्दैन ।
काठमाडौं आएर आन्दोलन गरिरहेका मिटरब्याजी पीडितसँग प्रधानमन्त्री प्रचण्डले बालुवाटारमा छलफल गर्न लागेको उनको सचिवालयले जानकारी दिएको छ ।
यसअघि गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि मिटरब्याज पीडितको समस्या समाधानका लागि आयोग गठन गर्ने निर्णय गरेका थिए । तर आयोग गठन गरेर काम हुनेमा आशंका भने कायमै छ ।
Leave a Reply