विराट मेडिकल कलेजमा उत्कृष्ट उपचार : तीन महिने शिशुको घाँटीको सफल शल्यक्रिया

विराट मेडिकल कलेजमा उत्कृष्ट उपचार : तीन महिने शिशुको घाँटीको सफल शल्यक्रिया

विराटनगर । विराट मेडिकल कलेज शिक्षण अस्पतालमा तीन महिने शिशुको घाँटीको सफल शल्यक्रिया भएको छ । सुनसरीको हरिनगरा– ३ का तीन महिने शिशु शिवेन्द्र ठाकुरको घाँटीको सफल शल्यक्रिया भएको हो । उनको घाँटीमा चाँदीको पाउजुको लक अड्किएको थियो । घाँटीमा चाँदी अड्किएको परिवारले थाहा पाएपछि उनलाई चैत्र ७ गते विराट मेडिकल कलेजको नाक, कान, घाँटी विभागमा उपचारका लागि भर्ना गरिएको थियो ।

तर अवस्था गम्भीरभएपछि उनका परिवारले काठमाण्डौ लग्ने तयारी गर्दै गर्दा नाक, कान, घाँटीको डाक्टरले नै विराटमा बालशल्य चिकित्सक भएको सुझाव दिएपछि उनको उपचार सोही अस्पतालमा सुरु गरिएको अस्पतालले जनाएको छ । ती शिशुको शल्यक्रिया बरिष्ठ बालशल्य चिकित्सक डा. हिरामणी पाठकले गरेका थिए ।

बच्चाको घाँटीमा अड्किएको चाँदी इन्डोस्कोपीबाट निकाल्न खोज्दा असम्भव भएपछि शल्यक्रियाको माध्यमबाट निकालिएको डा. पाठकले जानकारी दिए । उनका अनुसार यो खोल्को शल्यक्रिया गर्न परे काठमाण्डौ नै पठाइने गरिएको छ । ‘दिदिको पाउजुको अड्काउने ठाँउको लकेट मुखमा खेलाउदा खेलाउदै अड्काएको रहेछ, घाटीको तल पनि गएन, बाहिर पनि निस्किएन त्यसपछि यहाँ अस्पतालको नाक, कान घाँटीममा भर्ना गरिएको रहेछ, इन्डोस्कोपीबाट निकाल्न खोज्दा हलिएन’, उनले भने, ’यस्तो अप्रेशन काठमाण्डौ पठाइने गरिन्छ, यो पनि काठमाण्डौ जान रेडी भएको रहेछ । ’ अस्पतालमा नै बालशल्य चिकित्सक रहेको भएको परिवारले पत्तो पाएपछि बच्चाको शल्यक्रिया गरिएको डा. पाठकले बताए । छातीको माथिल्लो पट्टीको घाँटी अप्रेशन गरेर निकालिएको उनले बताए ।

संभवतः पूर्वमा यो अप्रेशन विराट मेडिकलले पहिलो पटक गरेको अस्पतालको दाबी छ । ’पूर्वमा यो खाल्को अप्रेशन पहिलो पटक हो, यस्तो खाल्को केश बाटोमा मर्ने सम्भावना पनि हुन्छ, तीन महिनाको बच्चाको सम्भव नै भएन’, उनले भने, ’पूर्वमा बालशल्य चिकित्सक नै छैन, तीन महिनाको बच्चा भएकाले नाक, कान घाँटीले प्रयास गर्दा नभएपछि सहकार्य गरेर शल्यक्रिया मैले गरेको हो ।‘

 

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *